१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ असोज १६ बिहीबार ०६:०३:००
Read Time : < 1 मिनेट
अर्थ

एनआइसी एसिया बैंकको चाडपर्वलक्षित योजना

भाटभटेनीका सबै आउटलेटमा खाता खोल्ने सुविधा, सामान खरिदमा छुट 

Read Time : < 1 मिनेट
२०७६ असोज १६ बिहीबार ०६:०३:००

दसैँलगायत चाडपर्वको अवसरमा एनआइसी एसिया बैंकले दसैँ सुपर चामत्कारिक उत्सव योजना सञ्चालन गरेको छ । योजनाअन्तर्गत बैंकका ग्राहकले विभिन्न स्टोरमा छुटसहितका विभिन्न सुविधा पाउने बैंकले जनाएको छ ।  

योजनाअन्तर्गत बैंकका ग्राहकले भाटभटेनी सुपरमार्केटमा डेबिट एवं क्रेडिट कार्डमार्फत कपडा तथा जुता खरिद गर्दा प्रत्येक खरिदमा १५ प्रतिशत, हरेक ६ हजार ६ सय ७६ रुपैयाँको खरिदमा १ हजार रुपैयाँसम्म छुट प्राप्त पाउने बताइएको छ । 

साथै, बैंकले भाटभटेनी सुपरमार्केटमै स्टल स्थापना गरी नयाँ खाता खोल्नुका साथै तुरुन्तै डेबिटकार्ड दिने व्यवस्थासमेत गरेको छ । यो स्टल देशभरका सबै भाटभटेनी सुपरमार्केटका आउटलेटमा राखिएको बैंकले जनाएको छ  । असोज ८ गतेदेखि सुरु भएको योजनासँगै बैंकको कार्डमार्फत भाटभटेनीका आउटलेटमा सपिङ गर्न आउनेको भीड लागेको बैंकको भनाइ छ । प्रतिदिन  करिब ३ करोड रुपैयाँबराबरको कारोबार भइरहेको बैंकले जनाएको छ ।

यससँगै बैंकका प्रतिनिधिले स्टलमार्फत नै ग्राहकलाई डिजिटल कारोबार गर्दाका फाइदा र सहजताबारे सचेतनामूलक सन्देशसमेत बाढिरहेका छन् । हाल बैंकले ३ सय १ शाखा कार्यालय, ३ सय ६३ एटिएम, ७० एक्सटेन्सन काउन्टर एवं ४२  शाखारहित बैंकिङ एकाइमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।