१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ असोज १६ बिहीबार ०६:२७:००
Read Time : < 1 मिनेट
समाचार

२४ विद्यालय पुनर्निर्माण गर्न त्रिपक्षीय समझदारीमा हस्ताक्षर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ असोज १६ बिहीबार ०६:२७:००

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, नेपालस्थित नर्वेली राजदूतावास र युनाइटेड नेसन्स अफिस फर प्रोजेक्ट सर्भिसेस (युएनओपिएस)बीच २४ वटा विद्यालय पुनर्निर्माणका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ । नर्वे सरकारको करिब ८० लाख अमेरिकी डलर सहयोगमा सिन्धुली, रामेछाप, भक्तपुर र काठमाडौंमा विद्यालय बन्नेछन् । 

समझदारीपत्रमा प्राधिकरणका तर्फबाट सहसचिव पीताम्बर घिमिरे, नेपालका लागि नर्वेली राजदूत लास्से योर्न जोहानेस्सेन र युएनओपिएसका कन्ट्री डाइरेक्टर चाल्र्स क्यालानानले हस्ताक्षर गरेका हुन् । 

परियोजनाअन्तर्गत रामेछापमा १३, सिन्धुलीमा नौ तथा काठमाडौं र भक्तपुरमा एक–एकवटा विद्यालय पुनर्निर्माण हुनेछन् । जसमा एक सय ४४ वटा कक्षाकोठा रहनेछन् । अपांगमैत्री विद्यालयमा शौचालय, खानेपानीको सुविधा हुनेछ । विद्यालय पुनर्निर्माण भएपछि करिब पाँच हजार पाँच सय विद्यार्थी लाभान्वित हुनेछन् । परियोजना १४ मंसिर ०७८ सम्ममा सकिनेछ ।