मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
सौरभ कोठारी कन्ट्री महाप्रबन्धक साओमी नेपाल
२०७६ असोज १५ बुधबार ०८:५५:००
Read Time : > 2 मिनेट
अर्थ

साओमीको प्रतिस्पर्धा  आफ्नै  ब्रान्डसँग छ

Read Time : > 2 मिनेट
२०७६ असोज १५ बुधबार ०८:५५:००

कमजोर र गुणस्तरहीन सामान बनाएर सस्तो बनाउने होडमा हामी छैनौँ । त्यसैले एकपटक साओमी स्मार्ट फोन प्रयोग गर्नेले पुनः साओमी नै खरिद गर्छन् ।

तीव्र गतिमा भएको सूचना प्रविधिको विकासले अहिले अधिकांश नेपालीको हातमा स्मार्टफोन पुगिसकेको छ । विभिन्न मोबाइल फोन कम्पनीले नेपालमा बजार विस्तार गरिरहेका छन् । यसै सिलसिलामा नेपाली बजारमा करिब डेढ वर्षअघि मात्र प्रवेश गरेको साओमी ब्रान्डको स्मार्टफोनले छोटो समयमै उल्लेख्य रूपमा बजार विस्तार गरेको छ । साओमीको नेपाली बजारमा अहिलेको अवस्था, फोनका विशेषता तथा  कम्पनीको अबको योजनालगायत विषयमा नेपालका लागि साओमीका कन्ट्री महाप्रबन्धक सौरभ कोठारीसँग सुदीपकुमार ढुंगानाले गरेको कुराकानी :

स्मार्टफोनको बजार विस्तारलाई कसरी हेर्नुभएको छ ? 
विश्वका विकासशील मुलुकजस्तै नेपालमा पनि स्मार्टफोनको बजार तीव्र विस्तार भइरहेको छ । हामीले नेपालमा एमआई मोबाइल बिक्री गर्न थालेको भर्खर एक वर्ष पूरा भएको छ । यो एक वर्षमा नेपालमा स्मार्टफोनको बजार ठूलो मात्रामा विकास भएको देखेका छौँ । गत तीन महिनादेखि सरकारले एक्साइज ड्युटीमा कटौती गर्नुका साथै राम्रा ब्रान्डका गुणस्तरीय स्मार्टफोन भित्रिन थालेपछि स्मार्टफोनको बजार थप विस्तार भएको छ । नेपालको स्मार्टफोनको बजार विश्वका अन्य बजारभन्दा केही फरक छ  नेपालमा मानिसले सुरुमै राम्रो किन्ने चाहना राख्छ । उसले गुणस्तर र पछिल्लो फिचरमा  ध्यान दिन्छ । 

यो प्रतिस्पर्धात्मक बजारमा साओमीले आफूलाई कहाँ पाउँछ ? 
अहिले हामी कहाँ छौँ भनेर ठोकुवा गर्ने अवस्था छैन । किनकि अहिलेसम्म कसैले पनि यसबारे औपचारिक अध्ययन गरेको छैन । भारतमा भने विभिन्न संस्थाले आयात र उत्पादनको आधारमा गरेको अध्ययनअनुसार एक, दुई र तीन नम्बरमा कुन ब्रान्ड छन् भनेर थाहा हुन्छ । तर, नेपालमा त्यस्तो एजेन्सी नभए पनि हाम्रा एमआई फ्यानको आधारमा हामी एक नम्बरमा छौँ भन्ने लाग्छ । 

साओमीले कुनै उमेर, वर्ग, समूहजस्ता कुरामा बजार केन्द्रित गरेको छ ? 
हामीले मोडेलअनुसार लक्षित त गरेकै हुन्छौँ । तर, साओमीको विशिष्ट स्मेसिफिकेसन र बेष्ट प्राइसका कारण हामी इन्ट्री लेभल सेग्मेन्ट रुचाउने मानिस हाम्रा लक्षित वर्ग हुन् । किनकि उनीहरू प्रोसेसर, क्यामरालगायत क्षमताका विषयमा जानकार भइसकेका छन् । त्यसैले हामीले उनीहरूसँग हाम्रो प्राविधिक क्षमताबारे खुलेर कुरा गर्न सक्छौँ । त्यस्तै, हामीसँग एमआई  अर्थात् मिफ्यानको  जमात छ, जसले हामीलाई सुझाब दिन्छन्, प्रश्न गर्छन् । 

दसैँको समय पारेर विभिन्न अफर ल्याएको छ नि हैन ? 
हो हामीले पाँचवटा अफर ल्याएका छौँ । पहिलो भनेको रेडमी नोट सेभेनमा छुट हो । ३ जिबी र्‍याम र ३२ जिबी रोम भएको फोनलाई २१ हजार ९ सय ९९ रुपैयाँँबाट १९ हजार ९ सय ९९ रुपैयाँ बनाएका छौँ । यो २० हजार रेन्जको सबैभन्दा राम्रो फोन हो । त्यस्तै,एमआई ए थ्रीमा पनि छुट दिएका छौँ । यो फ्ल्यागसिप लेबल एक्सपेरिएन्स फोन हो । यसमा विभिन्न विशेषता रहेका छन् । ६ जिबी र्‍याम र १२८ जिबी रोमको यो फोन जम्मा २८ हजार रुपैयाँमा दिएका छौँ । तेस्रो भनेको रेड मि सेभेन एको मूल्य घटाउनु हो । यसको मूल्य १० हजार ९ सय ९९ रुपैयाँ बनाइएको छ । त्यस्तै, रेडमी सेभेनको मूल्य पनि घटाएका छौँ । ६ जिबी र्‍याम र ३२ जिबी रोमको यो फोनको मूल्य १६ हजार रुपैयाँ र ३ जिबी र्‍याम ३२ जिबी रोमको फोनको मूल्य १४ हजार रुपैयाँ बनाएका छौँ । त्यस्तै पाँचौँ अफर भनेको रेडमी वाई थ्रीको मूल्य घट्नु हो । ३ जिबी र्‍याम र ३२ जिबी रोमको यो फोन १८ हजार रुपैयाँमा आउँछ र ४ जिबी र्‍याम र ६४ जिबी रोमको फोन २० हजार रुपैयाँमा आउँछ । वाई थ्री एक मात्र ४ जिबी र्‍याम र ६४ जिबी रोम भएको फोन हो । 

एमआई स्मार्टफोनलाई उपभोक्ताले कसरी बुझ्ने ?
एउटा मान्छेको हातमा १० देखि १४ घन्टासम्म मोबाइल फोन हुन्छ । त्यसबाट धेरै काम गरिन्छ । त्यसैले फोनको परफरमेन्स सबैभन्दा राम्रो हुनुपर्‍यो । त्यसमा आवश्यक फिचर सबै हुनुपर्‍यो । त्यो भएर मात्र हुन्न । ती सबै सुविधा भएको फोन किन्न तपाईंको क्रय क्षमताले पनि भ्याउनुपर्‍यो । त्यसैले म स्मार्टफोन किन्न तयार भएर बसेका ग्राहकलाई सधैँ तुलना गरेर हेर्न आग्रह गर्छु । कुन मूल्यले तपाईंलाई कस्ता सुविधा दिन सक्छ र कुन ब्रान्डमा कस्तो सुविधा र मूल्य छ भनेर राम्रोसँग बुझेर मात्र फोन किन्नुस् । साओमीमा तपार्इंले खोजेको गुणस्तर, सुविधा र तपाईंले किन्न सक्ने मूल्य सूची पाउनुहुनेछ । 

साओमीको स्मार्टफोनबाहेक अन्य उत्पादन बजारमा किन देखिँदैन ?
हामीसँग इकोसिस्टम प्रोडक्ट छन् । जस्तै टिभी, एयर प्युरिफायरलगायत छन् । तर, हामीले नेपालमा यस्ता उत्पादन प्रभावकारी रूपमा लन्च गरेका छैनौँ । त्यसैले अहिले बजारमा स्मार्टफोनको बजार मात्र उल्लेख्य रहेको छ । हामीले भारतमा डेढ वर्षअघि मात्र टिभी लन्च गरेका हौँ । अहिले यो भारतमै एक नम्बरको टिभी कम्पनी बनिसकेको छ । अहिले भारतमा हाम्रो टिभीको ३४ प्रतिशत बजार हिस्सा छ । दोस्रो र तेस्रो हुनेको बजार हिस्सा १४ प्रतिशतभन्दा कम छ । एयर प्युरिफायरमा पनि हामी भारतमा उत्कृष्ट ब्रान्डभित्र परिसकेका छौँ । त्यस्तै, स्मार्ट ब्यान्ड, फिटनेस ब्यान्ड, एमआई ब्यान्डमा हामी विश्वमै एक नम्बरमा रहेका छौँ । पावर ब्यांकमा हामी भारतमा एक नम्बरमा छौँ । जब हामी नेपालमा केही भित्र्याउँछौँ, त्यसले छिट्टै लोकप्रियता हासिल गर्छ भन्नेमा हामी ढुक्क छौँ ।