Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
ली क्विङक्विङ काठमाडाैं
२०७६ असोज १५ बुधबार ०७:४२:००
Read Time : > 1 मिनेट
दृष्टिकोण

विश्वशान्ति र स्थिरताका लागि चिनियाँ सैन्यशक्ति

पश्चिमा सञ्चारमाध्यमले भनेजस्तो चिनियाँ ट्यांक र मिसाइल एसिया क्षेत्र वा विश्वको कुनै पनि देशका लागि खतरा होइनन्

Read Time : > 1 मिनेट
ली क्विङक्विङ काठमाडाैं
२०७६ असोज १५ बुधबार ०७:४२:००

शनिबार न्युयोर्क टाइम्समा ‘ट्यांकस्, मिसाइल्स एन्ड नो पिजन्स : चाइना टु सेलिब्रेट सेभेन्टिन्थ बर्थ डे अफ द पिपुल्स रिपब्लिक’ शीर्षकमा स्टेफेन ली मायर्सको लेख प्रकाशित भयो । लेखमा राष्ट्रिय दिवसको परेडअघि परेवा पाल्न चिनियाँ अधिकारीलाई रोक लगाइएको उल्लेख थियो । 

परेवा शान्तिको प्रतीक हो । ‘ट्यांकस्’ ‘मिसाइल्स’ र ‘पिजन्स्’ शब्द एकसाथ शीर्षकमा जोडेर यस लेखले चिनियाँ दमनको वातावरण सिर्जना गर्ने प्रयास गरेको छ र अर्थपूर्ण ढंगले बुझाउन खोजेको छ कि चीनको परेड पाखुरा शक्तिको प्रदर्शनी मात्रै हो । 

केही पश्चिमा व्यक्तिले आफ्नै इतिहास पुनरावलोकन गर्न जरुरी छ । धेरै पश्चिमा देशको विकास विस्तारवाद र लुटतन्त्रको परिणाम हो, विशेषगरी १८औँ र १९औँ शताब्दीको विस्तारवादको । न्युयोर्क टाइम्सले चीनलाई हेर्न साम्राज्यवादी र विस्तारवादी दृष्टि प्रयोग गरेको छ । चीनको विकास सधैँ स्थिर र शान्तिपूर्ण छ । जनगणतन्त्र चीनमा विगत सात दशकदेखि परेवा उडिरहेका छन् ।

अर्थतन्त्रमा ठूलो फड्को, राष्ट्रिय शक्ति र जीवनस्तरमा सुधारलगायत उपलब्धि शान्तिपूर्ण ढंगबाट प्राप्त भएका छन् । चीनको उदय तथा पश्चिमा देशको औद्योगीकरण र आधुनिकीकरणबीचको प्रमुख भिन्नता यही हो । तर, पश्चिमा देश यसलाई स्विकार्न इच्छुक छैनन्, जब कि धेरैजसोले युद्ध र उपनिवेश खडा गरेर समृद्धि हासिल गरेका हुन् । उनीहरूको विकास अन्य देशमाथिको दमन, यातना र पीडामा आधारित छ । आज धेरैजसो पश्चिमा देश विकासको ब्याज खाइरहेका छन्, त्यसैले उनीहरू आफ्नै इतिहास र चीनको शान्तिपूर्ण उदयलाई नजरअन्दाज गर्छन् । 

 

चीनको विकास सधैँ स्थिर र शान्तिपूर्ण छ, जनगणतन्त्र चीनमा विगत सात दशकदेखि परेवा निर्बाध गतिमा उडिरहेका छन्

सैनिक शक्ति पछिल्ला सात दशकमा चीनको स्थिर विकासलाई अघि बढाउन निकै महत्वपूर्ण साबित भएको छ । दशकौँसम्मको तीव्र सैन्य विकासका कारण देशको सैन्य शक्ति बलियो छ । आज चीन विश्वका तीन ठूला आणविक शक्तिमध्येको एक हो । त्यसैले आजका दिनमा चीनलाई प्रयोग गर्नु अन्य देशका लागि असम्भव छ र अन्य ठूला शक्तिले पनि चीनलाई युद्धभूमि बनाउन सैनिक दस्ता प्रयोग गर्ने खतरा छैन ।

चीनले आफ्नो सेनाको प्रयोग रणनीतिक फाइदा र देशको राष्ट्रिय सुरक्षाका लागि मात्रै गर्छ । पश्चिमा सञ्चारमाध्यमले भनेजस्तो ‘ट्यांक्स’ र ‘मिसाइल्स’ एसिया क्षेत्र वा विश्वको कुनै पनि देशका लागि खतरा होइन । बरु, चीनले एउटा प्रमुख शक्तिका रूपमा विश्वभर शान्ति तथा स्थायित्व कायम राख्ने जिम्मेवारी आफ्नो काँधमा लिएको छ र उसले विश्वव्यापी तथा क्षेत्रीय सर्वोच्चताको विरोध गर्छ । त्यसैले चीनको सैन्य शक्ति विश्वमा शान्ति र स्थायित्व सुनिश्चित गराउन लाग्छ । 

सैनिक बल खराब होइन । मुख्य विषय त्यसको प्रयोग कसरी गर्ने भन्ने हो । सात दशकपछि आजको दिनमा चीनले विश्वसामु आफ्नो केही शक्ति प्रदर्शन गरेको छ । चीनको ताकत राष्ट्रिय एकता र विश्वशान्तिको सुनिश्चितताका लागि हो । क्षेत्रीय शान्ति र विकासमा अवरोध गर्ने कुनै पनि दस्ताविरुद्ध यसले एउटा बलियो जगको काम गर्नेछ । चीनले सधैँ रक्षात्मक राष्ट्रिय सुरक्षा नीति अंगीकार गरेको छ र ७० वर्षको शान्तिपूर्ण उदय मानव विकासका लागि चीनको महान् योगदान हो । 
(चिनियाँ सञ्चारमाध्यम ग्लोबल टाइम्सबाट )