मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ असोज १४ मंगलबार १६:१६:००
Read Time : < 1 मिनेट
सप्तरंग

अमिताभ बच्चनकाे ट्विट- हाम्राे पालामा गुरुजी, पिताजी र माताजी हुन्थ्ये, एक थप्पड हान्दा पूरै नेटवर्क आउथ्याे

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ असोज १४ मंगलबार १६:१६:००

बलिउड सुपरस्टार अमिताभ बच्चन फिल्म प्रोजेक्टका साथै रियलिटी शो 'कौन बनेगा करोड़पति'मा व्यस्त छन् । यसका साथ अमिताभ सोशल मिडियामा पनि सक्रिय हुँदै आएका छन् । उनी सामाजिक सञ्जालमार्फत आफ्ना प्रशंसकहरूसँग सम्पर्कमा रहिरन्छन् ।

केही दिनअघि सुपरस्टार अमिताभले एउटा ट्विट गरे । जुन धेरै चर्चाकाे विषय बनिरहेकाे छ । उनले ट्विट लेख्दै भनेका छन्, 'हाम्राे बच्चापनमा ३ जी, ४ जी ५ जी थिएन । सिर्फ गुरु जी, पिता जी र माता जी हुन्थ्ये । एक थप्पडमा पूरै नेटवर्क आउथ्याे ।'

अमिताभकाे ट्विटमा धेरै कमेन्ट आइरहेकाे छ । जसमा एक ट्विटर प्रयोगकर्ताले लेखेका छन्, 'क्या मजाक हो सर !' अर्को प्रयोगकर्ताले भनेका छन्, 'ठीक छ !'