मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ असोज १३ सोमबार १८:०५:००
Read Time : > 1 मिनेट
अर्थ

शेयर बजार दोहोरो अङ्कले बढ्यो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ असोज १३ सोमबार १८:०५:००

लगातार ओरालो लागेको शेयर बजार कारोबार मापक नेप्से परिसूचक साेमबार दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १०.४२ बिन्दुले बढेर एक हजार १३५.५६ बिन्दुमा पुगेको छ । 

यस्तै सेन्सेटिभ परिसूचक समेत ०.६८ बिन्दुले बढेर २४७.०२ बिन्दुमा पुगेको छ । नेप्से बढे पनि कारोबार रकममा भने खासै वृद्धि हुन सकेन । स्टकका अनुसार कूल १५७ कम्पनीको ६ लाख ३३ हजार ९५१ कित्ता शेयर रु १६ करोड ८८ लाख २८ हजारमा खरिद–बिक्री भएकाे थियाे । 

कारोबार भएका कूल ११ उपसमूहमध्ये आज एक उपसमूहको मात्रै शेयर ओरालो लागेको छ भने १० उपसमूहको शेयर वृद्धि भएको छ । अन्य उपसमूह ६.८२ बिन्दुले घट्दा बैंकिङ ९.८१, होटल ४९.०२, विकास बैंक ९.८९, जलविद्युत् २०.१८, वित्त ३.१७, निर्जीवन बिमा ६६.४९, उत्पादन ३८.८९, लघुवित्त १०, जीवन बिमा ७१.८६ र सामूहिक लगानी कोष ०.०१ बिन्दुले बढेका छन् ।

कारोबारका आधारमा साेमबार सनराइज बैंक शीर्ष स्थानमा छ । सो बैंकको दुई करोड १३ लाख ६० हजार २६५ बराबरको कारोबार भयो । यस्तै प्रभु बैंककाे एक करोड ३१ लाख ११ हजार ४७०, नेपाल बैंक एक करोड १८ लाख ९८ हजार ९५८, सानिमा बैंक ८२ लाख ३७ हजार २३६, सिटिजन बैंकको संस्थापक शेयर ७५ लाख र शिवम् सिमेन्टको ७० लाख ३४ हजार ७४० मा कारोबार भइ शीर्ष स्थानमा छन् । 

स्टकका अनुसार बढेको बजारमा युनियन हाइड्रो पावर ५.८८, साञ्जेन जलविद्युत् कम्पनी ५.५२, तिनाउ मिशन डेभलपमेन्ट बैंक ५.४४, युनाइटेड फाइनान्स ५.२०, सानिमा माई हाइड्रोपावर ४.८६ र सिन्धु विकास बैंकका लगानीकर्ताले ४.२० प्रतिशतले कमाए । माउन्टेन हाइड्रो ३.७०, आँखुखोला जलविद्युत् कम्पनी ३.६३, सानिमा बैंक ३.६२, मल्टिप्रपोज फाइनान्स कम्पनी २.९१, सेन्ट्रल फाइनान्स २.६७ र अरुण भ्याली हाइड्रोपावरका लगानीकर्ताले २.०८ प्रतिशतले गुमाए ।