१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ असोज १३ सोमबार १५:२७:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया

सरकारले प्रतिकेजी ५५० रूपैयाँमा खसीकाे मासु बेच्ने 

Read Time : < 1 मिनेट
२०७६ असोज १३ सोमबार १५:२७:००

सरकारले दशैं, तिहार र छठ पर्वका लागि खसी, बोका र च्याङग्राको बिक्री वितरण सुरु गरेको छ । सरकारले काठमाडौंको थापाथलीस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड परिसरबाट सुपथ मूल्यमा खसी, बोका र च्याङग्राको बिक्री सुरु गरेको हो । 

सरकारले बिक्री गर्ने खसी, बोकाको मूल्य प्रतिकेजी ५५० रूपैयाँ र च्याङग्रा प्रतिकेजी ७३० रुपैयाँ ताेकिएकाे वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक योगेन्द्र गौचनले जानकारी दिए । हाल बजारमा जिउँदो खसीबोकाको मासु प्रतिकेजी ६२० रुपैयाँसम्म बिक्री हुने गरेको छ । त्यसलाई घटाएर प्रतिकेजी ५५० मूल्य कायम गरिएको विभागले जनाएको छ । सरकारले सुपथ मूल्यमा बिक्री गरेको खसी, बोका र च्याङग्राको मासु गुणस्तरीय रहेको समेत दाबी गरेकाे छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले लिमिटेडले हाल मुस्ताङबाट ल्याइएको ५ सय वटा च्याङग्रा र वीरगंजबाट ल्याइएको ३८० वटा खसी, बोका दशैंको लागि बिक्रीमा राखेको हाे । सरकारले यस वर्षकाे चाड पर्वमा २ हजार च्याङग्रा र एक हजार खसी, बोका बिक्री वितरण गर्ने तयारी गरेकाे जनाएकाे छ ।

फाेटाे : विनाेद विष्ट