Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ असोज १२ आइतबार १४:०६:००
Read Time : < 1 मिनेट
खेलकुद

साफ अन्डर १८ फुटबल च्याम्पियनसिप तेस्रो स्थानकाे प्रतिस्पर्धामा माल्दिभस विजयी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ असोज १२ आइतबार १४:०६:००

नेपालमा जारी साफ अन्डर–१८ च्याम्पियनसिप अन्तर्गत तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धामा माल्दिभस विजयी भएको छ । 

ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा आइतबार बिहान भएको प्रतिस्पर्धामा भुटानमाथि १–० को जित निकाल्दै माल्दिभ्स तेस्रो भएको हो । माल्दिभ्सलाई जित दिलाउन इब्राहिम इमरानले ७५ औं मिनेटमा गरेको गोल निर्णायक रह्यो । मैदानको मध्यभागबाट आएको लामो पासलाई इमाराले पेनाल्टी बक्सभित्रबाट भुटानका रक्षकलाई बिट गराउँदै जाली चुमाउँदै उनको गोल निर्णायक बनेको हो ।

सुरुआतबाट माल्दिभ्सलाई दबाबमा राख्दै उत्कृष्ट खेल पस्किए पनि भुटानले पाएका राम्रा अवसरलाई सदुपयोग गर्न नसक्दा स्तब्ध भएको हो । निकै प्रतिस्पर्धात्मक बनेको खेलमा माल्दिभ्सले भने पाएको एक मात्र अवसरलाई सदुपयोग गर्दै तेस्रो स्थान बनाउन सफल भएको हो ।

समूह चरणको खेलमा साविक विजेता नेपाललाई पराजित गर्दै सनसनी मच्याएको भुटान सेमिफाइलनमा बंगलादेशसँग ४–० ले पराजित भएको थियो । यस्तै तेस्रो बनेको टोली माल्दिभ्स पनि भारतसँग ४–० ले नै पराजित भएको थियो । ६ देशले सहभागिता जनाएको प्रतियोगितामा आयोजक अखिल नेपाल फुटबल संघ एन्फाले सहभागी टोलीलाई दुई समूहमा विभाजन गरी राउन्ड रोविन प्रणालीमा प्रतिस्पर्धा गराएको थियो । यस अघि सम्पन्न दुई संस्करणको उपाधि विजेता नेपाल समूह चरणबाटै बाहिरिएको थियो ।

प्रतियोगिताको उपाधिका लागि भने आइतबार दिउँसो २ः३० बजे भारत र बंगलादेश उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन् । फाइनल खेल हलचोकस्थित एपिएफ क्लबको मैदानमा हुनेछ ।