मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ असोज १० शुक्रबार १३:३७:००
Read Time : < 1 मिनेट
समाचार

मुलुकमा युवा उद्यमीहरु बढ्नु सन्तोषजनक : मन्त्री यादव

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ असोज १० शुक्रबार १३:३७:००

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले मुलुकमा युवा उद्यमीहरु बढ्दै गएकोमा खुसी व्यक्त गरेका छन् । 

मन्त्री यादवले युवा उद्यमीमार्फत् स्वदेशी उत्पादनलाई बढावा दिन सरकारले आवश्यक वातावरण बनाई दिने प्रतिवद्धता जनाए । उनले सरकारले स्वदेशी उत्पादन र त्यसको बजारीकरणका लागि अन्तराष्ट्रिय मेलाहरुमा नेपाली बस्तुहरुको सहभागिता बढाउन सक्दो पहल गर्ने सरकारको नीति रहेको बताए । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा मन्त्री यादवले मुलुकमा उद्योग विकासका शुभसंकेतहरु देखिएको उल्लेख गर्दै त्यसको विकासका लागि आवश्यक सबै खालको सहजीकरण गरेर अघि बढन सरकार तयार रहेको बताए । त्यसको लागि सरकारले स्वदेशी बस्तुको उत्पादनलाई जोड दिइरहेको उनको दावी छ ।

मन्त्री यादवले मुलुकमा भइरहेको औद्योगिक मेलाहरुले पनि उद्यम विकासमा महत्वपूर्ण योगदान पु-याइरहेको बताए ।