१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
सागर रिजाल
२०७५ पौष २४ मंगलबार १८:१०:००
Read Time : < 1 मिनेट
समाचार

स्वर्गद्धारी नगरपालिकाका नगर प्रमुखमाथि विप्लव नेतृत्वकाे नेकपाद्वारा आक्रमण 

Read Time : < 1 मिनेट
सागर रिजाल
२०७५ पौष २४ मंगलबार १८:१०:००

स्वर्गद्धारी नगरपालिकाका नगर प्रमुख नेत्रबहादुर रोकायमाथि विप्लव नेतृत्वकाे नेकपाले आक्रमणको प्रयास गरेको छ । मंगलबार दिउँसो कार्यालय समयमा विभिन्न योजनाको विषयमा छलफल भइरहेका बेला अपरिचितरूपमा आएका तीन जनाको समूहले शरीरमा 'प्रज्वलनशिल पदार्थ' खन्याएको नगर प्रमुख रोकायले बताए । 

उनले अज्ञात व्यक्तिले 'नगरपालिका र नगर प्रमुखलाई आफ्नो कब्जामा छस्' भनी धम्की दिएको नगर प्रमुखले निकालेको विज्ञप्तीमा उल्लेख छ । कार्यालयको नियमित काममा भने कुनै बाधा नपुगेको प्रमुख प्रशासकिय अधिकृत तुल्सीराम गैरेद्धारा हस्ताक्षरित विज्ञप्तीमा जनाइएको छ ।

यसैबीच, नगरप्रमुख रोकायलाई विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले विज्ञप्ती जारी गरी कारबाहीको चेतावनी दिइएको छ । नगर प्रमुख हालको कामकारबाहीबाट नसच्चिए कठोर कदम चाल्ने नेकपाले  विज्ञप्ती मार्फत धम्की दिएको छ । 

विप्लवकाे नाममा बेनामी चेक काटी भ्रष्टचार गरेको, उपभोक्ता समितिमा पार्टीका नेता, कार्यकर्तालाई पदाधिकारी बनाएर किर्ते विल भरपाइ मार्फत मोटो रकम अनियमिता गरेको, अनावश्यक कर थोपारेको, संस्थागत रुपमा भ्रष्टाचार गरेको, प्राकृतिक स्रोतसाधनमाथि नीति नियम विपरीत कमिसनको भरमा दोहन गर्न खोजेको, कर्मचारी पदपूर्तिमा विज्ञापन गरेको देखाइ आफू निकट उम्मेदवारलाई नियुक्ति गरेको नेकपाले रोकायमाथि आरोप लगाएको छ । यता, नगरप्रमुख रोकायले भने आरोप पुष्टि गरेर देखाउन चुनाैती दिएका छन् ।