मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ असोज ८ बुधबार १४:५७:००
Read Time : < 1 मिनेट
प्रवास

एनआरएनए अध्यक्षमा लण्डनबाट आचार्यको उम्मेदवारी घोषणा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ असोज ८ बुधबार १४:५७:००

गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्ष पदमा कुल आचार्यले औपचारिकरुपमा उम्मेदवारी घोषणा गरेका छन् । आचार्यले आगामी अक्टोवर १५ देखि १७ तारिखसम्म काठमाडौंमा हुने संघको नवौं विश्व सम्मेलन तथा अन्तरराष्ट्रिय अधिवेशनमा अध्यक्ष पदमा  उम्मेदवारी दिएका हुन् । 

उनले सरकारले घोषणा गरेको पर्यटन वर्ष २०२० लाई सफल बनाउन पर्यटन प्रवद्र्धन सम्वन्धि कार्यक्रम बनाउन र पर्यटक भित्र्याउन एनसीसीहरुलाई प्रोत्साहित गर्ने, संघकोतर्फबाट हरेक मुलुकमा सम्वन्धित एनसीसीको अध्यक्षलाई नै पर्यटनदूत घोषणा गरि नेपाल सरकार र पर्यटन बोर्डसँग समन्वय गरि पर्यटक भित्र्याउनमा जोड दिने बताएका छन्।

घोषणासभामा आचार्यले एनआरएनएलाई मौलिक दृष्टिकोण र ठोस प्रतिवद्धताका साथ अगाडि बढाउन दुरदर्शी नेतृत्व आवश्यक भएको बताउँदै संस्थालाई अझ गतिशील, सशक्त, संस्थागत र समावेशी बनाउने संकल्प गरेका छन्।