मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ असोज ८ बुधबार १४:२०:००
Read Time : < 1 मिनेट
समाचार

पथरीमा सवारी दुर्घटना, १४ घाइते, दुईको अवस्था गम्भीर  

Read Time : < 1 मिनेट
२०७६ असोज ८ बुधबार १४:२०:००

मोरङको पथरीशनिश्चरे २ मा पिकअप भ्यान र बस आपसमा ठोक्किँदा १४ जना घाइते भएका छन् । पूर्व पश्चिम राजमार्ग अन्र्तगत मोरङको पथरी शनिश्चरे नगरपालिका २ स्थित जय चोकमा यात्रुवाहक बस र पिकप ठोक्किँदा १४ जना घाइते भएको प्रहरीले जनाएको छ । पश्चिमबाट पुर्वतर्फ गइरहेको को १ ख ४२७८ नम्बरको बस र बिपरीत दिशा तिर गइरहेको पिकअप भ्यान आपसमा ठोक्किँदा १३ जना घाइते भएका थिए भने को १६ प ६१४५ नम्बरको स्कुटर क्षति ग्रस्त भ्यान र बसमा ठोक्किँदा थप एक जना घाइते भएका इलाका प्रहरी कार्यालय पथरीका डिएसपी लक्ष्मी अधिकारीले बताए ।

घाइते मध्ये पिकअप भ्यानका चालक र सहचालक गम्भीर घाइते भएका छन् । भ्यानका चालक केवल कुमाल तथा सहचालक मनिस दर्जीको अवस्था गम्बिर रहेको डिएसपी अधिकारीले बताए । 

गम्भीर घाइते भएका दुई जनाको हरुको उपचार लाइफ लाइन हस्पिटल दमक र विराटनर्सिङ होम विराटनगरमा भइरहेको छ । स्कुटर चालक करण धिमाल भने उपचारपछि घर फर्कीएको प्रहरीले जनाएको छ । अन्य घाइतेहरुको स्थानीय मेडिकलमा उपचार भइरहेको छ ।