१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७६ असोज ८ बुधबार ०६:०६:००
Read Time : < 1 मिनेट
अर्थ

एनआइसीका ग्राहकलाई सेल्सबेरी तथा सेलवेज डिपार्टमेन्ट स्टोरमा छुट

Read Time : < 1 मिनेट
२०७६ असोज ८ बुधबार ०६:०६:००

एनआइसी एसिया बैंकका ग्राहकले सेलवेज क्यास एन्ड क्यारी प्रालिअन्तर्गतका सेल्सबेरी र सेलवेज डिपार्टमेन्ट स्टोरमा सामान खरिद गर्दा छुट पाउने भएका छन् । बैंकको मोबाइल बैंक एप प्रयोग गरी क्युआर कोडमार्फत सामान खरिद गर्दा १५ प्रतिशत वा अधिकतम ५ सय रुपैयाँसम्म छुट पाउने भएका छन् । 

अफर सेल्सबेरी डिपार्टमेन्टल स्टोरको सबै आउटलेटमा र सेलवेज डिपार्टमेन्टल स्टोरको पोखरा आउटलेटमा लागू हुने बताइएको छ । बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठी र सेलवेज क्यास एन्ड क्यारीका प्रमुख वित्त अधिकृत सन्दीप प्रधानांगले हस्ताक्षर गरेका हुन् । 

योजना असोज पहिलो हप्तादेखि छठ पर्वसम्म लागू हुनेछ । हाल बैंकले ३ सय १ शाखा कार्यालय, ३ सय ५९ एटिएम, ७० एक्सटेन्सन काउन्टर एवं ४१ शाखारहित बैंकिङ एकाइमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।