मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ असोज ८ बुधबार ०८:३२:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली

स्पा थेरापी : तनाव व्यवस्थापन दुखाइको निदान

Read Time : > 1 मिनेट
२०७६ असोज ८ बुधबार ०८:३२:००
 सुमन लामा, संयोजक
‘आयुर्वेदिक वेलनेस स्पा’

मानिसले धेरै तनाव झेलिरहेका हुन्छन्, बिदेसीहरू रिल्याक्सकै लागि घुम्न आएको हामीले देखेकै छौँ । स्पा गरेर यस्तो तनाव व्यवस्थापन गर्न सकिन्छ । खराब जीवनशैलीका कारण निम्तिन सक्ने रोगबाट जोगिन स्पा प्रभावकारी उपचार हो ।

स्पाका धेरै प्रकारमध्ये आयुर्वेदिक हिलिङ एउटा हो । यसले शरीरको दुखाइ निको पार्छ । ब्याक पेन, घाँटी तथा टाउको दुख्ने, घुँडा खिइएको, नसा च्यापिएको लगायत नसर्ने रोगको उपचार स्पाबाट गर्न सकिन्छ । मसाज थेरापी, सिरोधारा, बस्ती, सौना, स्टिम, ज्याकुजी, पानीबाट गरिने थेरापीहरूलगायत स्पामा धेरै प्रकारका थेरापी हुन्छन् । त्यसमा पनि मसाजका टेक्निकचाहिँ धेरै चलेको छ । 

मसाजको टेक्निक भनेको ऐलबाट, ड्राइबाट, लोसनबाट स्टे«चिङ गरेर गरिने थेरापीहरू हुन् । स्टे«चिङमार्फत जहाँ दुखेको हुन्छ, त्यसलाई तन्काइदिने, मुभ्ड गरिदिने, जोइन मोमेन्ट गरिदिनेलगायत गरिन्छ । 

मसाजका टेक्निकबाहेक स्पामा अरू पनि धेरै पपुलर थेरापी हुन्छन् । स्पामा कुनै पनि सुइ, सल्यक्रिया नगराईकन हातबाटै ऐल प्रयोग गरेर गरिने थेरापी, पानीको थेरापीमा सेकेर गरिने थेरापी हुन्छन् । यसमा हट वाटर ब्याग, टावेललाई पानीमा डुबाई त्यसलाई बटारेर तात्तातै सेकाइदिने गरिन्छ । स्टोन थेरापीमा ढुंगालाई तताएर दुखेको प्वाइन्टमा सेकाउनेलगायत पद्धतिबाट स्पा थेरापी गराइन्छ ।

ब्याक पेन, घाँटी तथा टाउको दुख्ने, घुँडा खिइएको, नसा च्यापिएको लगायत नसर्ने रोगको उपचार स्पाबाट गर्न सकिन्छ

 स्पा थेरापीको समय आधा घन्टाबाट सुरु भएर तीन घन्टासम्मको हुन्छ । धेरैले एक घन्टासम्म नै स्पा गर्ने गर्छन् ।  एकपटकको थेरापीमा दुुखाइ कम हुन्छ भने सात दिनको प्याकेजमा स्पा थेरापी गराउँदा दुखाइ पूरै निको हुन्छ । त्यसले गर्दा अस्पतालको कुनै औषधि नखाई बिरामी नर्मल अवस्थामा फर्किन सक्छ । मसाजको स्वरूप हेरेर रेट तोकिएको छ ।

आयुर्वेदिक मसाज, एन्छेन मसाज, हिमालयन ट्रेकर्सलगायत थुप्रै भेराइटीका मसाज उपलब्ध छन् ।  मोटोपना घटाउन, रोग लाग्न नदिने र फिट राख्नका लागि स्पा महत्वपूर्ण र प्रभावकारी थेरापी हो ।

स्पाको सुविधा ठूला होटेल तथा विभिन्न स्पा सेन्टरमा उपलब्ध हुन्छ । प्रायः सम्भ्रान्तहरूले नै यसको प्रयोग गर्छन्, किनकि यो उपचार प्रविधि केही महँगो छ । तर, स्पा थेरापी गराउन चाहनेका लागि मध्यनजर गरेर कम मूल्यमा पनि स्तरीय सेवा दिने प्रयास भइरहेको छ । यति हुँदाहुँदै पनि समग्रमा यो पद्धति महँगो नै पर्न जान्छ ।