१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७६ असोज ६ सोमबार १५:२५:००
Read Time : < 1 मिनेट
समाचार

कांग्रेसको अवरोधबीच प्रदेश १ सभाबाट मनमोहन प्राविधिक विश्वविद्यालय विधेयक पारित  

Read Time : < 1 मिनेट
२०७६ असोज ६ सोमबार १५:२५:००

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नारावाजीबीच प्रदेश १ सभाबाट  मनमोहन प्राबिधिक विश्वविद्यालय बिधेयक सोमबार पारित भएको छ । 

सो बिधेयक दर्ता भएदेसख नै कांग्रेसले फिर्ता लिन माग गर्दै आएको थियो । सभामुख प्रदीपकुमार भण्डारीले प्रतिपक्षको नारावाजी भइरहँदा प्रक्रिया सुरु गरेर बहुमतबाट विधेयक पारित गराएका हुन् । 

अधिनायकवादी शैली बन्द गर्न माग गर्दै कांग्रेसले रोष्टम घेराउ गरेपछि सभामुखले मार्सल लगाएका थिए । समाजिक विकास मन्त्री जीवन घिमिरेको प्रस्तावलाई निणयार्थ प्रस्तुत गर्दै विधेयक बहुमतले पारित गरिएको हो ।  

समाजिक विकास मन्त्रीलाई रोष्टम पुग्न नदिने कांग्रेसको प्रयासलाई असफल पार्दै मार्सलको सहयोगमा अवरोध छलेर घिमिरे अघि बढेका थिए ।

सोमबार नारावाजी सुरु भएपछि कांग्रेसका महिला सांसदहरुले पुरुष मर्यादापालकहरुले रोक्दा असभ्य भएको भन्दै महिला मर्यादापालक प्रयोग गर्न सभामुखलाई आग्रह गरेका थिए ।   

प्रदेश १ सरकारले मोरङको बुढीगंगा गाउँपालिका हात्तीमुडामा रहेको मनमोहन पोली इन्सटिच्युटलाई प्राविधिक विश्वविद्यालय बनाउन विधेयक पारित गराएको हो ।