१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
वर्षा श्रेष्ठ फेसन डिजाइनर
मञ्जु टेलर काठमाडाैं
२०७६ असोज ६ सोमबार ०८:३८:००
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली

दसैँको फेसन सरारा कुर्ता

Read Time : < 1 मिनेट
मञ्जु टेलर काठमाडाैं
२०७६ असोज ६ सोमबार ०८:३८:००

दसैँ नजिकिँदै गर्दा सपिङको माहोल बढ्दो छ । दसैँमा नयाँ लुगा खरिद गर्ने परम्पराजस्तै बनेको छ । खासगरी, रोजाइका कपडा किन्न चाडबाड, विवाह, ब्रतबन्धलगायत सन्दर्भ जुराउने गरिन्छ, नेपालमा । युवापुस्ता फेसनेबल देखिने कपडा रोज्ने गर्छन् ।

बजारमा कस्तो फेसन ट्रेन्ड, स्टाइल र रङका कपडा चलेका छन् भनेर उनीहरू पहिले बुझ्ने गर्छन् । अनि मात्र खरिद गर्ने ठाउँ छनोट गर्छन् । वर्षैपिच्छे फेसनमा नयाँ शैली भित्रिने भएकाले पनि युवापुस्ता जिज्ञासु बन्नु स्वाभाविकै हो ।

यस वर्ष बजारमा विभिन्न नयाँ शैली भित्रिएका छन् । खासगरी, महिलामा गरारा प्येन्ट र सरारा कुर्ताको ट्रेन्ड छ । सरारा कुर्ता विवाहित र अविवाहित दुवैले प्रयोग गर्छन् । यो ट्रेन्ड बजारमा आएको करिब एक वर्ष भयो, जुन अहिले बढी चल्तीमा रहेको डिजाइन हो । यसलाई क्याजुअलदेखि पार्टीमा पनि लगाउन मिल्छ । सोही कारण यो वर्षदिनदेखि महिलाको रोजाइमा परिरहेको हो ।

फेसेनबल पनि देखिने र लगाउँदा सहज हुने भएकाले महिलाको रोजाइमा सरारा कुर्ता परेको हो । दसैँ बजारमा कटन, सिफन र सिल्कका सरारा कुर्ता प्रचलनमा छन् । दसैँमा गत वर्षजस्तै यो वर्ष पनि म्याचिङको फेसन रहने देखिन्छ । साडीमा प्रिन्टेड, फ्लोरल सिफन, सिल्क, ह्यान्ड इम्ब्रोइडरीको फेसन यथावतै रहनेछ । तर, यस वर्ष फेब्रिक हाबी हुने देखिन्छ ।

फेसनमा पुनरावृत्ति
फेसनमा नयाँ प्रयोगभन्दा पनि पुनरावृत्ति बढी हुने गर्छ । विगतमा चलेका फेसन फेरि बजारमा चल्न सक्छन् । तर, त्यसरी आएका फेसनमा समय अनुकूल केही मोडिफाई भने हुने गर्छ । सरारा कुर्ता र पछिल्लो समय चलेका लेहेंगा स्टाइलको सारी, लेहेंगा र गाउन पनि त्यसकै उपज हुन् । सरारा कुर्ता लामो समय बजारमा टिकेको फेसन हो, जसमा अलिकति मोडिफाई हुँदै नयाँ ट्रेन्ड बन्ने गरेको छ ।