Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
गगन अयडी
२०७५ पौष १ आइतबार ११:४९:००
Read Time : < 1 मिनेट
समाचार

बाजुराका नगरपालिकामै यातायातको समस्या

Read Time : < 1 मिनेट
गगन अयडी
२०७५ पौष १ आइतबार ११:४९:००

यातायातको सुविधा नहुँदा बाजुरा जिल्लाको त्रिवेणी नगरपालिकामा गर्भवती महिला र बिरामीलाई स्टेचरमा बोकेर स्वास्थ्य संस्था लैजानुपर्ने बाध्यता छ । उपचारका लागि उनीहरूलाई घन्टौँ स्टेचरमा बोकेर लैजानुपर्ने बाध्यता भएको स्थानीय बताउँछन् ।

त्रिवेणी नगरपालिका १, २, ३, ५, ६, ७ र ९ नम्बर वडाका स्थानीय बासिन्दा यस्तो समस्या भोग्न बाध्य छन् । यहाँका गर्भवती महिला र इमर्जेन्सीका बिरामीलाई स्टेचरमा राखेर स्वास्थ्य संस्था पुर्‍याउनुपर्ने हुन्छ । त्रिवेणी नगरपालिका ६ की सावीदेवी बुढालाई घरमै  सुत्केरी बेथा  लागे पनि चार दिनपछि मात्र उनलाई स्टेचरमा बोकेर घन्टाैँ टाढाको कैलनमान्डाैँमा रहेको उपस्वास्थ्य चौकी पुर्‍याइएको छ । बुढाको उपचार त्यहाँ सम्भव नभएपछि उनलाई अछामको बयालपाट रेफर गरिएको छ । 

यातायात असुविधाका कारण बुढाजस्तै तमाम गर्भवती महिला र बिरामीलाई स्टेचरमा बोकेर अस्पताल लैजानुपर्ने हुन्छ । कतिपयको बाटैमा ज्यानसमेत जाने गरेको स्थानीय मोतीसिंह बुढाले बताए । नगरपालिका र सरकारले यस क्षेत्रमा यातायात सुविधाका लागि कुनै पहल नगरेको बुढाको भनाइ छ ।

पाँच वर्षमा सडक
त्रिवेणी नगरपालिकाका प्रमुख रामसिंह रावलले  अबको पाँच वर्षभित्र सबै वडामा सडक सञ्जालले जोड्ने बताए । उनले भने, ‘अहिलेसम्म गर्भवती महिला र बिरामीले जति दुख पाए पनि अबको केही वर्षमा त्यो सम्मस्या भोग्नुपर्ने छैन ।’यस्तो समस्या  बाजुरा जिल्लाका सबै नगरपालिका र गाउँपालिकामा छ ।