मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ असोज ५ आइतबार १२:०५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

बगरफाँटमा बाढी : दुई बालिका बेपत्ता, ६ घरमा क्षति

Read Time : < 1 मिनेट
२०७६ असोज ५ आइतबार १२:०५:००

म्याग्दीको  बेनी नगरपालिका –२ बगरफाँटमा खहरे खोलामा आएको बाढीले दुई बालिका बगाएको छ । बगरफाँट हँुदै बग्ने कोटखोलामा शनिबार राति आएको बाढीबाट बच्न भागदौड गर्दा दुई बालिका बेपत्ता भएका हुन् । 

स्थानीय मायाँ परियारको घरमा पाहुन आएकी बेनी नगरपालिका  ९ की १० वर्षीया प्रविना र  बेनी नगरपालिका ५ खोरगैराकी ६ वर्षीया अनुश्कालाई बाढीले बगाएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । 

राति करिब साढे १० बजे आएको बाढी घरभित्र पसेपछि भागदौडको क्रममा बाढीले उनीहरुलाई बगाएको र खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरीक्षक महेन्द्र प्रसाद मरासिनीले जानकारी दिए । उनका अनुसार बाढीले ३ वटा घरमा पूर्ण रुपमा क्षति पुर्याएको छ । 

ठाडो खोलामा आएको बाढीले धार परिबर्तन गरि बस्तीमा पस्दा बगरफाँटका दिपक जुग्जाली, पार्वती परियार, राममाया परियारको घरमा पुर्ण रुपमा क्षति पुर्याएको छ भने अन्य तीन घरमा आंशिक रुपमा क्षति पु¥याएको छ । साथै बुद्ध एकेडेमी विद्यालयको भवन, शौचालय र खेलमैदानमासमेत क्षति पुगेको छ । 

बाढीले विद्यालयको भौतिक पूर्वाधारमा क्षति पु¥याउँदा पठनपाठन बन्द गरिएको विद्यालयले जनाएको छ । 

बाढीग्रस्त स्थानमा प्रहरी र स्थानीयले बेपत्ता बालिकाहरुको खोजी गरिरहेका छन् । साथै, प्रहरी, सुरक्षकर्मी र जनप्रतिनीधिले क्षतिको विवरण संकलन गर्ने काम भइरहेको छ ।