मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ असोज ५ आइतबार ०८:१३:००
Read Time : < 1 मिनेट
अर्थ

महासंघ अध्यक्ष तथा उपाध्यक्ष विभूषित

Read Time : < 1 मिनेट
२०७६ असोज ५ आइतबार ०८:१३:००

नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष भवानी राणा, उपाध्यक्ष एवं रोजगारदाता परिषद्का सभापति चन्द्रप्रसाद ढकाल विभूषित भएका छन् । महासंघका अध्यक्ष राणा र महासंघका उपाध्यक्ष एवं रोजगारदाता परिषद्का सभापति ढकाल कीर्तिमय राष्ट्रदीपबाट विभूषित भएका हुन् ।

त्यस्तै, उद्यमी–व्यवसायी संविधान दिवसका अवसरमा विभिन्न मानपदवी, अलंकार र पदकद्वारा विभूषित भएका हुन् । त्यसैगरी, महासंघको महिला उद्यमी समितिका सभापति कमला श्रेष्ठ प्रबल जनपद श्री चौथोबाट विभूषित भइन् भने अन्य उद्यमी–व्यवसायी पनि विभिन्न मानपदवीबाट विभूषित भएका छन् ।  

यसबीच, संविधान दिवसका अवसरमा महासंघ अध्यक्ष राणाले नेपाल उद्योग वाणिज्य महासंघ सचिवालयपरिसरमा राखिएको नेपालको राष्ट्रिय झन्डाको एक समारोहबीच झन्डोत्तोलनसमेत गरिन् ।