मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ असोज ५ आइतबार ०६:०७:००
Read Time : < 1 मिनेट
अर्थ

संविधान दिवसमा ग्लोबल आइएमईको वृक्षारोपण 

Read Time : < 1 मिनेट
२०७६ असोज ५ आइतबार ०६:०७:००

ग्लोबल आइएमई बैंकले संविधान दिवसको अवसरमा वृक्षारोपण कार्यक्रम आयोजना गरेको छ । बैंकले काठमाडौं महानगरपालिका–३ को सहकार्यमा पानीपोखरीदेखि महाराजगन्जसम्मको सडकपेटीका करिब २ सय बिरुवा रोपेको जनाएको छ ।

कार्यक्रममा कामनपा–३ का अध्यक्ष दीपक केसी, बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल, कायममुकायम प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाल, सहायक महाप्रबन्धक सुरेन्द्र रेग्मी र आरती राज्यलक्ष्मी राणालगायत पदाधिकारीका साथै बैंकका कर्मचारी र स्थानीयको सहभागिता थियो । 

साथै बैंकले संविधान दिवसकै अवसरमा आयोजित र्‍यालीमा पनि सहभागिता जनाएको छ । र्‍याली बैंकको कर्पोेरेट कार्यालयदेखि सुरु भई टुँडिखेलमा आयोजित कार्यक्रममा पुगेर समापन भएको थियो । साथै बैंकका उपत्यकाबाहिरका शाखाले पनि संविधान दिवसको अवसरमा वृक्षारोपण, वित्तीय साक्षरता तथा दीपावलीका कार्यक्रम गरेका थिए ।