१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ असोज ३ शुक्रबार २०:५०:००
Read Time : < 1 मिनेट
समाचार

खाना पकाउने ग्यासको मूल्य घट्यो

Read Time : < 1 मिनेट
२०७६ असोज ३ शुक्रबार २०:५०:००

नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य घटाएको छ ।

प्रतिसिलिन्डर २५ रुपैयाँ घटाइएको निगमका प्रवक्ता विरेन्द्र गोइतले जानकारी दिए । अब खाना पकाउने ग्यास प्रति सिलिन्डर एक हजार ३ सय ५० रूपैयाँ पर्ने छ  । दसैंको समयमा उपभोक्तालाई सहुलियत दिन मूल्य घटाइएका गोइतले बताए ।

निगमले अन्तर्राष्ट्रिय उडानतर्फको हवाई इन्धनको मूल्य पनि घटाएको जनाएको छ । निगमले प्रति किलोलिटर ५० अमेरिकी डलरले मूल्य घटाएको हो । अब अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर १ हजार अमेकिी डलरमा जहाजले तेल हाल्न पाउनेछन् ।

अहिले अन्तर्राष्ट्रिय बजारमा हवाइ इन्धनकाे मूल्य बढिरहेकाे बेला नेपाली बजरमा भने घट्नुले सकारात्मक मानिएकाे छ ।