१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७६ असोज ३ शुक्रबार १९:३२:००
Read Time : > 1 मिनेट
समाचार

संविधान संशोधन नभए अलग मधेश : महन्थ ठाकुर

Read Time : > 1 मिनेट
२०७६ असोज ३ शुक्रबार १९:३२:००

संघीय सरकारले संविधान दिवस विभिन्न तामझामका साथ मनाईरहेका वेला राष्ट्रिय जनता पार्टी(राजपा)ले जनकपुरमधाममा भने कालो झण्डासहित विरोध जुलुस प्रर्दशन गरेको छ ।

राजपा धनुषाको आयोजनामा शुक्रबार दिउँसो ५ बजे स्थानीय जनक चोकबाट निकालिएको र्यालीमा राजपा अध्यक्ष मण्डलका सदस्य महन्थ ठाकुर, प्रदेश २ का भौतिक पूर्वाधार मन्त्री जितेन्द्र सोलन, राजपाका उपाध्यक्ष तथा राष्ट्रिय सभा सदस्य वृषेशलाल चन्द्र, प्रदेश सासद जयनुल राईन, परमेश्वर साह, सुरिता साह, जनकपुर उपमहानगरपालिका मेयर लालकिशोर साह लगायतका सहभागिता रहेको थियो ।

सञ्चारकर्मीसँग कुराकानी गर्दै राजपाका नेता महन्थ ठाकुरले संविधान संसोधन नभएसम्म आफुहरुले संविधानलाई विरोध गरिरहने बताए । मधेश टुक्रा गरी विभिन्न प्रदेशमा विभाजित रहेको उल्लेख गर्दै नेता ठाकुरले प्रदेशको सिमाङकन पनि आफुहरुको मान्य नहुने बताए । संविधान संसोधन गर्ने उदेश्यले सुरुमा वर्तमान सरकारलाई सहयोग ग–यौ,’ नेता ठाकुरले भने,‘ तर अहिलेसम्म संशोधन पक्रिया अगाडि बढ्न सकेको छैन, अवस्था यस्तै रह्यो भने मधेश अलग देशको रुपमा स्थापित हुन सक्छ ।’

मधेश आन्दोलनको क्रममा पक्राउ परेकाहरुमाथि अझै मुद्दा रहेको बताए । ‘अहिले नेकपा सरकारमा छ, विप्लव माओवादी भुमिगत भई आन्दोलन गरिरहेको छ, उनका कार्यकतालाई कुनै मुद्दा छैन,’ ठाकुरले भने, ‘तर हाम्रो निर्वाचित सांसद मन्त्रीहरुलाई लगाएको मुद्दा यथावत रहनु यो भन्दा ठूलो विभेद के हुन्छ ?’ 

यता, विरोध जुलुस पश्चात आयोजना गरिएको कोणसभालाई सम्बोधन गर्दै प्रदेश २ सरकार मन्त्रि जितेन्द्र सोनलले संविधान संसोधन नभएसम्म संविधान स्वीकार नहुने बताए । बन्दुकको दम्भमा ल्याएको संविधान आफुहरुलाई मान्य नहुने उनले बताए । ‘मलाई कुनै खस पहाडी शासकले मन्त्री बनाएको होइन, मधेशी जनताको मतले मन्त्री भएको हुुँ,’ मन्त्री सोनलले भने, ‘त्यसकारण खस पहाडी शासकले भने अनुसार संविधान दिवस मनाउन सक्दैनौ । मेरो लागि पार्टीको निर्देशन जरुरी छ ।’ संविधान दिवस मनाउने प्रदेश सरकारको निर्णयबारे आफूलाई केहि जानकारी नरहेको उनले बताए ।

राजपाका नेता असगर अलिले संविधान संशोधन नगरेसम्म आफूहरु संविधान दिवसमा सहभागी नहुने स्पष्ट पारे । यो सरकारले दुईतिहाईको दममा आम जनताको आवाज दबाउन खोजेको राजपा नेपालका बरिष्ठ उपाध्यक्ष वृषेशचन्द्र लालले आरोप लगाए । 

संविधान संशोधन गरि सबैलाई स्वीर्काय बनाउनुपर्छ : मुख्यमन्त्री 

मुख्यमन्त्री मोहम्मद लालबाबु राउतले संविधान संशोधन गरि सबैलाई स्वीकार्य बनाउनुपर्नेमा जोड दिए । संविधानको विषयलाई नै केन्द्रमा राखिएको एक गैर सरकारी संस्थाको बहस कार्यक्रममा मुख्यमन्त्रीले संविधान अझै अपूर्ण रहेको बताएका हुन् ।‘संशोधन बिनाको संविधान अधुरो हो, त्यसकारण यसप्रति आफ्नो असहमति हो,’ उनले भने, ‘तर मधेश आन्दोलनबाट प्राप्त भएका संघीयता, समावेशितालाई स्थापित गर्नु पनि अहिले आवश्यक छ ।’ 

समाजवादी पार्टीका उपाध्यक्ष समेत रहेका मुख्यमन्त्री राउतले संविधान दिवसमा आफ्नो पार्टीले कुनै गतिविधी नगर्ने निर्णय गरेको बताए ।