१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७६ असोज ३ शुक्रबार १२:२७:००
Read Time : < 1 मिनेट
समाचार

संविधान दिवसविरुद्ध जुम्लामा राजपाको विरोध 

Read Time : < 1 मिनेट
२०७६ असोज ३ शुक्रबार १२:२७:००

राष्ट्रिय जनता पार्टी जुम्लाले संविधान दिवसको विरोध गरेको छ । संविधान दिवसको अवसरमा बिहीबारदेखि विभिन्न कार्यक्रम भइरहेको अवस्थामा राजपाले भने प्रेस विज्ञप्ती जारी गरी विरोध जनाएको छ । 

नेपालको अधुरो जनता मुखी नभएको यस्तो कालो संविधान मान्दैनौँ भन्दै राष्ट्रिय जनता पार्टीका जिल्ला अध्यक्ष विष्णुबहादुर भण्डारीले विज्ञप्ती जारी गरेका छन् । नेपालको राष्ट्रिघाती संविधान जनतालाई लादेर ल्याएको छाडा अधुरो जनता मुखि नभएको संविधान तुरुन्त संशोधन गर्न विज्ञप्ती मार्फत माग गरिएको छ । 

राष्ट्रिपतिलाई मुर्तिको रुपमा प्रयोग गरिने संविधान, प्रधानमन्त्रीले राष्ट्र सम्पत्ति जेजति खर्च गरे पनि कुनै कारवाही नहुने नेपालको संविधान, अहिलेका जनप्रतिनिधिले जेगरे पनि हुने संविधान कुनै पनि हालतमा मान्य नहुने विज्ञप्तीमा जनाइएको छ । 

मधेश आन्दोलनमा ५६ जनाको हत्या गर्दा पनि कारवाही नहुने अहिलेको संविधान मान्नुको कुनै औचित्य नभएको भन्दै जिल्ला अध्यक्ष भण्डारीले विरोध जनाएको बताए  ।