मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ असोज २ बिहीबार १७:१४:००
Read Time : < 1 मिनेट
समाचार

प्रहरी हवल्दारले बालिका बलात्कार प्रयास गरेको भन्दै प्रहरी चौकीमा ढुंगामुढा

Read Time : < 1 मिनेट
२०७६ असोज २ बिहीबार १७:१४:००

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाकी १३ वर्षीया बालिकालाई प्रहरी हवल्दारले बलात्कार प्रयास गरेको विरोधमा स्थानीयले बिहीबार दिउँसो त्रिपुराकोट प्रहरी चौकीमा ढुंगामुढा गरेका छन् । 

बलात्कारी प्रहरी चाहिँदैन, दोषिलाइ कारवाही होस, पीडितलाई क्षतिपुर्तीको माग गर्दै प्रहरी चौकी अगाडि स्थानीयले नाराबाजी गरेका थिए । 

त्रिपुराकोट चौकीमा कार्यरत हवल्दार दान बहादुर जिसिले बुधबार राति स्थानीय एक बालिकालाई जबर्जस्ती बलात्कार गर्ने प्रयास गरेका थिए । ड्युटीमा खटिएका बेला उनले मादक पदार्थ सेवन गरि बलात्कार प्रयास गरेको पीडित परिवारको आरोप छ ।

पीडित बालिकाले कुखुराको खोरमा थुनेर हवल्दार जिसीले जवर्जस्ती प्रयास गरेको बताएकी छन् । उनले चिच्याएपछि परिवारका सदस्यले गाउँलेसँग गुहार मागेर हवल्दार जिसीलाई समातेका थिए । बालिका बलात्कार प्रयास गर्ने जिसीलाई बुधबार रातिनै जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ ।

जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायव उपरीक्षक नारायण रञ्जितकारले छानविन भइरहेको उल्लेख गर्दै दोषी देखिए हदैसम्मको कारबाही गर्ने बताए । 
जनतालाइ सुरक्षा दिनुपर्ने प्रहरी नै जघन्य अपराधिक कृयाकलापमा संलगन भएकाले जागीरबाट बर्खास्त गरि कडा कारबाही र पीडितलाई क्षतिपूर्तिको माग महिला अधिकारकर्मीले गरेका छन् ।