१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
मोहन विष्ट कञ्चनपुर
२०७६ असोज २ बिहीबार १०:२३:००
Read Time : > 1 मिनेट
प्रदेश

कृष्णपुरमा लागू नै भएन प्रधानमन्त्री रोजगार कार्यक्रम, एक करोड २२ लाख फिर्ता

Read Time : > 1 मिनेट
मोहन विष्ट कञ्चनपुर
२०७६ असोज २ बिहीबार १०:२३:००

कञ्चनपुरमा प्रधानमन्त्री रोजगार कार्यक्रमको एक करोड २२ लाख रुपैयाँ फिर्ता भएको छ । समयमै काम सुरु गर्न नसकेपछि नौवटै स्थानीय तहको सो रकम फिर्ता भएको हो । प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि आर्थिक वर्ष ०७५/७६ मा चार करोड दुई लाख रुपैयाँ आएको थियो । 

जसमध्ये दुई करोड ८० लाख मात्रै खर्च भएको छ । पुनर्वास र लालझाडी गाउँपालिकाले पूरै खर्च गरेका छन् । लालझाडीमा १९ र पुनर्वासमा ५० लाख रकम आएको थियो । यी स्थानीय तहमा समयमै काम सुरु भएकाले पूरै रकम खर्च भएको हो । पुनर्वास नगरपालिकाका रोजगार संयोजक दीपकबहादुर चन्दले समयमै काम सुरु भएकाले पूरै रकम खर्च भएको बताए । उनका अनुसार १२ वटै वडामा सडक मर्मत, सरसफाइ तथा नाला खनिएको छ । 

बेलडाँडी गाउँपालिकामा ३३ हजार मात्रै फिर्ता भएको छ । कुल १९ लाखको बजेटमध्ये बेलडाँडीमा १८ लाख, ६७ हजार खर्च भएको बेलडाँडीका रोजगार संयोजक कृष्णबहादुर चन्दले बताए । 

भीमदत्त नगरको एक करोडमध्ये ५८ लाख, ६३ हजार, वेदकोट नगरको ६ लाख, शुक्लाफाँटा नगरमा तीन लाख, बेलौरीमा २२ लाख र महाकाली नगरपालिकामा चार लाख, ५० हजार फिर्ता भएको छ । बेलौरी र पुनर्वासमा लक्ष्यभन्दा बढीलाई रोजगार दिइएको छ । बेलौरीका रोजगार संयोजक नरेश विष्टले लक्ष्य दुई सय तीनजनालाई रोजगार दिने भने पनि वर्ष कम्तीमा ३० दिने रोजगारी दिने समय थियो, तर सो दिन नसकिएपछि बढी व्यक्तलाई छोटो समयका लागि रोजगारी दिएको बताए । 

कृष्णपुरमा कार्यक्रम नै सञ्चालन भएन
कञ्चनपुरको कृष्णपुर नगरपालिकामा भने गत वर्ष प्रधानमन्त्री रोजगार कार्यक्रम नै सञ्चालन हुन सकेन । समयमै वडाबाट योजना छनोट नहुँदा कृष्णपुरमा कार्यक्रम सञ्चालन हुन नसकेको हो । कार्यक्रम सञ्चालन नहुँदा कृष्णपुरको पूरै ५१ लाख बजेट फिर्ता भएको छ । 

कृष्णपुरका रोजगार संयोजक रमेशप्रसाद भट्टले वडाबाट योजना छनौट नहुँदा कार्यक्रम सञ्चालन गर्न नसकिएको बताए । उनका अनुसार समयमै वडालाई योजना छनोटका लागि जानकारी दिँदासमेत वडाबाट योजना छनोट नहुँदा कार्यक्रम नभएको बताए ।