मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७६ असोज २ बिहीबार ०८:४७:००
Read Time : < 1 मिनेट
समाचार

भक्तपुरमा एक सय ४६ जनामा डेंगु

Read Time : < 1 मिनेट
२०७६ असोज २ बिहीबार ०८:४७:००

भक्तपुरमा डेंगुका बिरामीको संख्या एक सय ४६ पुगेको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा बुधबारसम्म एक सय ४६ जनामा डेंगु देखिएको हो । जिल्लाका विभिन्न अस्पतालमा परीक्षणपछि डेंगुको संक्रमण रहेको पत्ता लागेको र उनीहरूको उपचार तथा रोकथामका लागि सचेतनामूलक कार्यक्रम भइरहेको जिल्ला स्वास्थ्य प्रमुख कृष्णबहादुर मिजारले बताए । 

कार्यालयले डेंगु संक्रमितको पहिचान र रेखदेखसँगै संक्रमण हुन नदिन प्रचार–प्रसार कार्यक्रमलाई तीव्रता दिएको छ । जिल्लामा ८ भादौमा डेंगुको संक्रमण रहेको खुलेको थियो । त्यसयता निरन्तर बिरामीको संख्या बढेको बढ्यै छ । सबैभन्दा बढी डेंगुका बिरामी भक्तपुर नगरपालिका क्षेत्रमा रहेका छन् । डेंगुको संक्रमण नियन्त्रणका लागि सबै नगरपालिकाका जनप्रतिनिधि र अन्तर्गतका स्वास्थ्य संस्थालाई आग्रह गरिएको स्वास्थ्य प्रमुख मिजारले बताए ।