१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ असोज २ बिहीबार ०८:३४:००
Read Time : < 1 मिनेट
समाचार

ज्यान मुद्दाका फरार अभियुक्त १७ वर्षपछि पक्राउ 

Read Time : < 1 मिनेट
२०७६ असोज २ बिहीबार ०८:३४:००

कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त चितवन राप्ती नगरपालिका–७ बस्ने नुवाकोट ककनी गाउँपालिका–५ घर भएका ५८ वर्षीय भरत सुनारलाई घटनाको १७ वर्षपछि प्रहरीले पक्राउ गरेको छ । 

२१ पुस २०५९ मा नुवाकोट साबिक ककनी गाविस–७ सिम्ले (हाल ककनी गाउँपालिका–५) बस्ने ७० वर्षीया पदमकुमारी गुरुङको सिम्लेस्थित मकैबारीमा शव फेला परेको थियो । अनुसन्धानको सिलसिलामा घटनामा संलग्न रही फरार रहेका सुनारको खोजी गर्ने क्रममा केन्द्रीय अनुसन्धान ब्युरो महाराजगन्जबाट खटिएको प्रहरीले उनलाई चितवन राप्ती नगरपालिका–७ भवानी बजारबाट पक्राउ गरेको हो ।

२० पुसको राति छिमेकीको छोराको छेवरमा गएकी पदमकुमारीलाई छेवर सकिएपछि नाचगानको कार्यक्रममा विवाद हुँदा घर फर्कने क्रममा भरतले ढुंगा प्रहार गरी हत्या गरेको अनुसन्धानबाट खुल्न आएको ब्युरोले जनाएको छ ।