मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
कुमार भट्टराई
२०७६ असोज २ बिहीबार ०७:२५:००
Read Time : > 1 मिनेट
सप्तरंग

अचानक रोकियो दासढुंगा–२

सिनेमा संवाद

Read Time : > 1 मिनेट
२०७६ असोज २ बिहीबार ०७:२५:००

कुमार भट्टराई पटकथा लेखक र सहायक निर्देशक हुन् । उनी नौ वर्षअघि प्रदर्शनमा आएको फिल्म ‘दासढुंगा’को सिक्वेल बनाउने तयारीमा थिए । तर, त्यो चलचित्र विकास बोर्डमा दर्ता हुन सकेन । सोही सन्दर्भलाई लिएर भट्टराईसँग गरिएको संवाद :

स्वर्गीय मदन भण्डारीजस्ता सशक्त नेताका बारेमा आफ्नो दायित्व सम्झी विभिन्न आयोगका प्रतिवेदनका आधारमा नौ वर्षअघि फिल्म ‘दासढुंगा’ बनायौँ । त्यो फिल्म पनि सेन्सरबाट सजिलै पास भएको होइन । वास्तवमा त्यो फिल्म आफैँमा पूर्ण थिएन ।

हामीले मुद्दा उठायौँ, तर फिल्मले निष्कर्ष दिएन । त्यो फिल्म पनि थिएन, र वृत्तचित्र पनि । त्यसैले हामीले ‘दासढुंगा–२’ बनाउने जमर्को गरेका हौँ । देशमा दुईतिहाइको शक्तिशाली सरकार छ, जसलाई मैले अवसरका रूपमा लिएको थिएँ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीबाट पनि आफ्ना नेतामाथि बन्ने फिल्मका लागि सहयोग हुने अपेक्षा थियो । सिक्वेलमा दासढुंगा काण्डलाई नजिकबाट नियालेका नेताहरू र अन्य व्यक्तिको सहयोग लिएर काम गरौँ भन्ने थियो । तर, त्यसो हुन पाएन ।

 ठूला विस्मयकारी घटनामा किताब लेखिएका छन्, फिल्म बनेका छन् । सिर्जनाका लागि सेन्सर हुनुहुँदैन । अब ‘दासढुंगा–२’ सकभर बनाउँदिनँ भन्ने सोचमा पुगेको छु ।

सरकारले त्यस घटनाको विस्तृत अनुसन्धान गर्न सकेको छैन । तर, अहिले त स्वर्गीय भण्डारीकी पत्नी विद्यादेवी भण्डारी आफैँ राष्ट्रपति हुनुहुन्छ । सरकार पनि स्वर्गीय भण्डारीकै पार्टीको छ । यहीवेला त्यस घटनाको अनुसन्धानका लागि घचघच्याउने उद्देश्यले फिल्म बनाउने कोसिस गरेका थियौँ । तर, चलचित्र विकास बोर्डबाट हाम्रो फिल्म अचानक रोकियो ।

जबकि, यो फिल्म हाम्रो प्रोपोगन्डा थिएन । हामीले काल्पनिक काम पनि गरेका छैनौँ । बजारमा चलेको हल्लाजस्तो फिल्म बनाउन खोजेका होइनौँ । यो फिल्म अन्तर्वार्तामा आधारित हुन्थ्यो । कुल ३७ मध्ये १७ वटा अन्तर्वार्ता सकिइसकेको छ । बोर्डले सहयोग गर्छ भन्ने लागेको थियो । तर, फिल्म रोकिनुको कारणसमेत थाहा पाउन सकेको छैन ।

‘दासढुंगा’ निर्माणका लागि तत्कालीन नेकपा एमालेका युवा नेताहरूको समर्थन थियो । अहिले पनि पार्टीका केही नेताको समर्थन छ । बोर्डबाट फिल्म पास भएपछि पनि सेन्सर बोर्ड छँदै थियो । तर, विकास बोर्ड स्वयंले पार्टीसम्बन्धी संघसंस्थालाई फरवार्ड गरेको छ । 

अहिले स्वर्गीय मदन भण्डारीकी पत्नी विद्यादेवी भण्डारी आफैँ राष्ट्रपति हुनुहुन्छ । सरकार पनि स्वर्गीय भण्डारीकै पार्टीको छ । यहीवेला त्यस घटनाको अनुसन्धानका लागि घचघच्याउने उद्देश्यले फिल्म बनाउने कोसिस गरेका थियौँ । तर, चलचित्र विकास बोर्डबाट अचानक रोकियो ।

दासढुंगा काण्डको सत्य मलाई त के यसअघि बनेका शक्तिशाली आयोग र पार्टीका नेताहरूलाई पनि थाहा छैन । विश्वभर राजनीतिक घटनामा आधारित सिनेमा बनाउने प्रचलन छ । तर, हामीले त्यस्ता घटनामा फिल्म बनाउनै नपाउने अनि सस्ता कमेडी र मनोरञ्जनात्मक फिल्म मात्र बनाउने ?

चलचित्र विकास बोर्डले नै रोकेपछि दासढुंगाको सिक्वेल बनाउन मेरो मात्र केही जोर चल्दैन । किताब र नाटक लेख्न सेन्सर लाग्दैन । कविता लेख्न र गीत गाउन पनि सेन्सर हुँदैन । ठूला विस्मयकारी घटनामा किताब लेखिएका छन्, फिल्म बनेका छन् । सिर्जनाका लागि सेन्सर हुनुहुँदैन । अब ‘दासढुंगा–२’ सकभर बनाउँदिनँ भन्ने सोचमा पुगेको छु ।