Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
२०७६ असोज २ बिहीबार ०७:१९:००
Read Time : < 1 मिनेट
अर्थ

महासंघमा खतिवडा  पुनः महानिर्देशक 

Read Time : < 1 मिनेट
२०७६ असोज २ बिहीबार ०७:१९:००

 नेपाल उद्योग वाणिज्य महासंघको महानिर्देशकमा नेपाल सरकारका पूर्वसचिव धरणीधर खतिवडा नियुक्त भएका छन् । करिब तीन वर्षअघि महासंघको सोही पदबाट राजीनामा दिएर हिँडेका खतिवडालाई पुनः महानिर्देशक बनाएर ल्याइएको हो । महासंघकी अध्यक्ष भवानी राणाले बुधबार खतिवडालाई महानिर्देशकमा नियुक्त गरेकी हुन् । 

यसअघि पनि महासंघको महानिर्देशक भइसकेका खतिवडाले महासंघको ५०औँ वार्षिक साधारणसभा (२८ चैत २०७२) को तीन दिनअघि राजीनामा दिएका थिए । उनले सम्मानजनक व्यवहार नभएको भन्दै ‘नोटिस अफ डिपार्चर’ लेखेर तत्कालीन अध्यक्ष पशुपति मुरारकालाई बुझाएका थिए ।