Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७६ असोज २ बिहीबार ०७:०८:००
Read Time : < 1 मिनेट
प्रदेश

सामुदायिक वनमा जिपलाइन

Read Time : < 1 मिनेट
२०७६ असोज २ बिहीबार ०७:०८:००

नेपालमा नै पहिलोपटक सामुदायिक वनले जिपलाइन सुरु गरेको छ । भरतपुर महानगरपालिका–२ आँपटारीमा रहेको जलदेवी सामुदायिक वनले रोमाञ्चक तथा साहसिक खेलका रूपमा लिने गरिएको जिपलाइन सुरु गरेको हो । वनको १९औँ वार्षिकोत्सवको अवसरमा बुधबार प्रदेश ३ का उद्योग पर्यटन वन तथा वातावरणमन्त्री अरुण नेपालले जिपलाइन उद्घाटन गरे । यसलाई चितवन जिपलाई नामाकरण गरिएको छ । 

पर्यटन वर्षलाई लक्षित
जलदेवी सामुदायिक वनका अध्यक्ष केशव थापाले युवाहरूलाई स्वरोजगार बनाउँदै पर्यटन वर्ष २०२० लाई सफल बनाउन जिपलाइन परियोजना सुरु गरिएको बताए । जलदेवी जिपलाइन नाम दिइएको परियोजनामा सामुदायिक वनको ५१ प्रतिशत र निजीक्षेत्रको ४९ प्रतिशत गरी ७५ लाख रुपैयाँ लगानी भइसकेको उनले जानकारी दिए ।

राजधानी जोड्ने अति व्यस्त सडक मुग्लिङ–नारायणगढ सडक यही वनको बीच भाग भएर जान्छ । यस्तै, ऐतिहासिक देवघाटधाम जानेहरू पनि यही क्षेत्र हुँदै ओहोर–दोहोर गर्छन् । जिपलाइन सञ्चालन भएसँगै यहाँको पर्यटन बढ्ने अध्यक्ष थापाको विश्वास छ । वनमा पार्क र वनभोजस्थल पनि सञ्चालनमा छन् ।