मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ असोज १ बुधबार १५:२७:००
Read Time : < 1 मिनेट
समाचार

अछामको पुनेपाटामा शव फेला

Read Time : < 1 मिनेट
२०७६ असोज १ बुधबार १५:२७:००

अछामको तुर्माखाद गाउँपालिका ८ धमालिका टिकाराम धमाला मृत अवस्थामा फेला परेका छन । ५१ वर्षका धमाला पुनेपाटा बासकाडा सडकको छेउमा नग्न अवस्थामा मृत भेटिएका हुन । मंगलबार बेलुका घरबाट निस्किएका धमलाको बुधबार बिहान शव भेटिएपछि प्रहरीलाई खबर गरिएको वडाध्यक्ष चक्र धमालाले बताए । अत्यधिक मदिरा सेवनका कारण उनको मृत्यु भएको हुनसक्ने आशंका गरिएकाे उनले बताए  ।

जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख डिएसपी जनकबहादुर शाहीका अनुसार मृतकको शरीरमा कुनै पनि चोटपटक नदेखिएकाले शवको पोस्टमार्टमपछि मात्र मृत्युको कारण पत्ता लाग्नेछ । घटनास्थलमा पुगेको प्रहरी टोलीले शवको मुचुल्का गरेर पोस्टमार्टमका लागि शव कमलबजार प्राथमिक स्वास्थ केन्द्र पठाएको छ ।