मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं 
२०७६ असोज १ बुधबार १४:५९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

नागरिकता विधेयक यथास्थितिमा पारित नगर्न कांग्रेस सांसदलाई देउवाको निर्देशन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं 
२०७६ असोज १ बुधबार १४:५९:००

प्रमुख प्रतिपक्ष कांग्रेस सभापति शेरबहादुर देउवाले यथास्थितिमा नागरिकता विधेयक पारित हुन नदिन पार्टीका सांसदहरुलाई निर्देशन दिएका छन् । 

देउवाले संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा विचाराधिन नागरिकतासम्बन्धि विधेयक सरकारले बहुमतको आडमा पारित गर्न खोजेको उल्लेख गर्दै सो विधेयकलाई पारित हुन नदिन पार्टीका सांसदहरुलाई निर्देशन दिएका हुन् ।

सिंहदरबारमा बुधबार पार्टी संसदीय दलको बैठक बोलाई सो विधेयक पार्टीको अडान अनुसार संशोधन नगरी पारित हुन नदिन सांसदहरुलाई देउवाले निर्देशन दिएका हुन् । राज्य व्यवस्था तथा सुशासन समितिमा विचाराधिन नागरिकतासम्बन्धि विधेयकमा कांग्रेस सांसदहरुले फरक मत राखि अघि बढन दिएका छैनन । सो विधेयकमा नेपाली पुरुषसँग विवाह गरेका विदेशी महिला र नेपाली महिलासँग विवाह गरेर नेपाल बस्न चाहेका विदेशी पुरुषलाई पनि तत्काल वैवाहिक अंगीकृत नागरिकता दिनुपर्ने कांग्रेसको अडान छ । देउवाले पार्टी अडानअनुसार अघि बढ्न पार्टीका सांसदहरुलाई सचेत गराए । 

बैठकमा देउवाले भूमिसम्बन्धि विधेयक पनि संसदबाट सरकारले जबर्जस्ती पारित गरेको भन्दै आपत्ती जनाएका थिए ।