मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत ६ मंगलबार
  • Tuesday, 19 March, 2024
२०७६ असोज १ बुधबार १२:५४:००
Read Time : < 1 मिनेट
प्रदेश

डोल्पो महोत्सव सम्पन्न, पाँचसय भन्दा बढीकाे उपस्थिती

Read Time : < 1 मिनेट
२०७६ असोज १ बुधबार १२:५४:००

उपल्लो डोल्पामा आयोजना गरिएको डोल्पो महोत्सव तथा क्रिस्टल माउन्टेन विद्यालय रजत जयन्ती २०७६ सम्पन्न भएको छ । डोल्पो बुद्ध गाउँपालिका अन्तर्गत पर्ने धो उपत्यकामा आयोजना गरिएको महोत्सव तथा रजत जयन्ती पाँच दिनपछि सकिएको हो । 

पर्यटकीय सम्भावना बोकेको डोल्पामा पर्यटन प्रवद्धन एवम् राज्यको ध्यानकर्षण गर्न महोत्सव आयोजना गरिएको आयोजकले जनाएको छ ।दर्शन डोल्पाको आर्जन शान्तिको भन्ने मूलनाराका साथ सुरु भएकोे महोत्सवमा पाँच सय जना भन्दा बढीको उपस्थिती रहेको थियो । 

समुद्रीक सहतदेखि ४२ सय मीटर उचाइमा रहेको विश्वकै अग्लो धो उपत्यकामा भएको महोत्सवको उद्घाटन संघीय सरकारका उप–प्रधान तथा रक्षामन्त्री ईश्वर पाखरेलले गरेका थिए  । कार्यक्रममा मन्त्री पाखरेलले मोरिम, तिन्जे, धो हुदैँ सदरमुकाम दुनैसम्म सडक सञ्जाल चाँडै निर्माण गरिने बताए । उनले धो तराप उपत्यकामा व्यवस्थित हवाइ मैदान र एकीकृत बस्ती निमार्णको लागि सरकारले सहयोग गर्ने प्रतिवद्धता जनाए । 

त्यस्तै पूर्व मन्त्री जनार्दन शर्माले बजेटको सदुपयोग गर्दै मोरिम दुनै सडक निर्माणकालागि आएको बजेटको सही सदुपयोग गर्नु पर्नेमा जोड दिए ।

उनले धो र तिन्जेमा हिमाली बजार निर्माण गरिनुपर्ने र धो मा सुख्खा बन्दरगाह निमार्ण गर्न संघीय सरकारलाई आग्रहसमेत गरे । प्रदेश अर्थमन्त्री प्रकाश ज्वालाले डोल्पा जडिबुटीको राजा भएको बताउँदै भेरी करिडोर जतिसक्दो छिटो निर्माण गरिने बताए ।

महोत्सवले डोल्पामा पर्यटनको विकासमा टेवा पुर्याइ स्थानीयको जीवकोपार्जनमा सुधार ल्याउने महोत्सव सञ्चालन समितिका संयोजक ग्याल्पो भोटेको भनाई छ ।