१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ असोज १ बुधबार १२:३६:००
Read Time : < 1 मिनेट
समाचार

नेपालको सम्भावनालाई विश्वसामु चिनाउन ‘सगरमाथा संवाद’ अन्तराष्ट्रिय मञ्च स्थापना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ असोज १ बुधबार १२:३६:००

परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले नेपालले आफ्ना सम्भावनाका क्षेत्रहरुलाई विश्वमाझ पु-याउन ‘सगरमाथा संवाद’ नामक अन्तराष्ट्रिय स्तरको मञ्च स्थापना गर्नु परेको बताएका छन् । 

विश्व शान्ति स्थापनामा नेपालले पु¥याएको योगदानको चर्चा गर्न पनि सो मञ्च उपयोगी हुने विश्वास उनले व्यक्त गरे । ‘सगरमाथा संवाद’ राष्ट्रिय परामर्श गोष्ठीलाई बुधबार काठमाडौंमा उद्घाटन गर्दै उनले हाम्रा शान्ति प्रक्रियाका मौलिक अनुभव, भूकम्पपछि पुननिर्माण कार्यमा भएको तीव्रता, लैङगिक तथा समावेशी क्षेत्रमा नेपालले हासिल गरेको उपलब्धि तथा त्यसका लागि तय गरिएका नीति, कार्यक्रमबारे अन्तराष्ट्रिय समूदायलाई जानकारी गराउन सो मञ्चको स्थापना गरिएको बताए । २÷२ वर्षमा आयोजना हुने गरी तय गरिएको सो कार्यक्रम अन्तरगत यस वर्ष सरकारले जलवायु परिवर्तनको विषयमा छलफल गर्नेछ । मन्त्री ज्ञवालीले जलवायु परिवर्तनको असर न्यूनिकरणको लागि विश्वलाई नै अपिल गर्न नेपालले यस वर्षको ‘सगरमाथा संवाद’ कार्यक्रममा सोही विषयमा छलफल गर्न लागेको बताए । 

परराष्ट्रमन्त्री ज्ञवालीले नेपालले शान्तिपूर्ण ढंगले ल्याएको राजनीतिक परिवर्तन पनि विश्वका लागि नमूनायोग्य कदम भएको दावी गरे ।