१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ असोज १ बुधबार १२:१४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

अरुण नदीमा जिप खस्दा ६ जना बेपत्ता 

Read Time : < 1 मिनेट
२०७६ असोज १ बुधबार १२:१४:००

संखुवासभाको सदरमुकाम खाँदबारीमा रहेको जिल्ला अस्पतालबाट बिरामी बोकेर धरानतर्फ जाँदै गरेको जिप अक्करको भीरबाट अरुण नदीमा खसेको छ । को १ ज ३७४९ नम्बरको जिप नदीमा खस्दा ६ जना बेपत्ता भएका छन् ।

बेपत्ता हुनेहरुमा खाँदबारी–९ का प्रमेश थापामगर, खोटाङका खबरमान पिठाकोटीमगर, संगम श्रेष्ठ, सदीक्षा श्रेष्ठ र उनको दुई महिने छोरा समिर श्रेष्ठसहित चालक सन्तोष विश्वकर्मा रहेको प्रहरी नायव उपरीक्षक मिमबहादुर लामाले बताए । मंगलबार साँझ खाँदबारीबाट धरान हिडेको जिप धर्मदेवी नगरपालिकाको अक्करको भीरबाट अरुण नदिमा खसेको अनुमान गरिएको उनले बताए । 

प्रमेश मृगौलाको बिरामी थिए भने समिरलाई निमोनिया भएको थियो । उनीहरुको जिल्ला अस्पतालमा उपचार संम्भव नभएकाले थप उपचारको लागि धरानस्थित विपी मेमोरियल स्वास्थ्य विज्ञान प्रतिष्ठान रिफर गरिएको जिल्ला अस्पतालका डा. किसन नेपालीले बताए । 

घटनास्थलमा अविरल बर्षा भइरहेको र अरुण नदिमा बाढि आएकाले हालसम्म केही पनि नभेटिएको प्रहरीले जनाएको छ ।