मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत ६ मंगलबार
  • Tuesday, 19 March, 2024
ज्ञानेन्द्र मल्ल उपकप्तान राष्ट्रिय क्रिकेट टिम
मञ्जु टेलर
२०७६ असोज १ बुधबार १०:५०:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली

क्रिकेट ब्याट खरिद गर्दा यी कुरामा ध्यान दिनुस्

Read Time : > 1 मिनेट
मञ्जु टेलर
२०७६ असोज १ बुधबार १०:५०:००

राष्ट्रिय क्रिकेट टिमका उपकप्तान ज्ञानेन्द्र मल्ल दायाँहाते ब्याट्सम्यान हुन् ।  मे, २००६ मा नामिबियाविरुद्धको खेलमार्फत ज्ञानेन्द्रले अन्तर्राष्ट्रिय क्रिकेटको यात्रा थालेका थिए । अन्तर्राष्ट्रिय शतक बनाउने थोरै नेपाली ब्याट्सम्यानमध्ये उनी एक हुन् । क्रिकेट ब्याट कस्तो हुनुपर्छ ? यस विषयमा मल्लको अनुभव :

क्रिकेटरले प्रयोग गर्ने ब्याट नेपालमा बन्दैन, यो भारतलगायत अन्य देशबाट ल्याइन्छ । मैले प्रयोग गर्ने ब्याटको मूल्य ४० देखि ५० हजार रुपैयाँ पर्न आउँछ, यो राम्रो गुणस्तरको छ । इन्डियन ट्विस्टर नामक कम्पनीले मलाई यो ब्याट प्रायोजन गरेको हो । ब्याट कम्पनीले राष्ट्रिय खेलाडीका लागि राम्रो गुणस्तरको ब्याट प्रायोजन गर्ने गर्छन् । राष्ट्रिय टिमका हरेक ब्याट्सम्यानसँग कम्तीमा तीनदेखि चारवटा ब्याट हुने गर्छ र यो आवश्यक पनि छ । 

क्रिकेटरको मुख्य हतियार नै ब्याट हुने भएकाले खेलमा यसको महत्व ठूलो छ ।  गुणस्तरीय ब्याटको प्रयोग गर्दा आत्मविश्वास बढ्छ । बल हान्न सजिलो हुन्छ, चौका, छक्का राम्रोसँग लाग्छ । अर्थात् कम्फर्टेबल ब्याट भएमा रन स्कोर गर्न सजिलो हुने गर्छ । यसरी राम्रो नतिजामा गुणस्तरीय ब्याटको भूमिका महत्वपूर्ण हुन्छ । 

बजारमा दुई–तीन हजार देखि एक लाखसम्म पर्ने ब्याट उपलब्ध हुन्छन् । आफूलाई मिल्ने खालको ब्याट किन्न धेरै कुरामा ध्यान दिनुपर्ने हुन्छ । जस्तै, सिकारू खेलाडीले सामान्य ब्याट किनेर खेल्न सिक्दा उपयोगी हुन्छ । तर, प्रोफेसनल खेलाडीका हकमा गुणस्तरीय ब्याट अर्थात् नभाँच्चिने, सजिलै नबिग्रने खालको हुनुपर्छ ।

विश्व क्रिकेट बजारमा चल्ने ब्याटमध्ये इंग्लिस विइलो र कस्मिर विइलो मुख्य हुन् । धेरैजसो खेलाडीले कोकावुरा, ग्रे निकोल्स, जिएम, एसजी, एमआरफ, एसएस, रिबुक कम्पनीका ब्याट प्रयोग गर्ने गर्छन् । ब्याट खेलाडीअनुसार फरक हुन सक्छ ।

ब्याटको साइज सानो, ठूलो, मध्यम कस्तो हुने, ह्यान्डिलको लम्बाइ कति हुने, पातलो, मोटो कस्तो मन पर्छ वा सजिलो हुन्छ भन्ने कुरामा ध्यान दिनुपर्छ । सामान्यतया ब्याटको तौल कम हुनुपर्छ । तर, खेलाडीले आफ्नो उचाइ, तौल र स्तरलाई ध्यानमा राखेर ब्याट खरिद गर्नुपर्छ । खेल्दा बल हान्न सजिलो हुने, खेलाडीको लम्बाइअनुसार मिल्ने र तौल हलुका वा धेरै भारी हुनुहुँदैन ।