Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ असोज १ बुधबार ०९:०१:००
Read Time : > 2 मिनेट
अर्थ

अर्थमन्त्री भन्छन् - 'नयाँ लगानीकर्तालाई दोस्रो बजारमा लगानी गर्ने उपयुक्त मौका’

नयाँ लगानीकर्तालाई दोस्रो बजारमा प्रवेश गर्न अर्थमन्त्रीको आह्वान

Read Time : > 2 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ असोज १ बुधबार ०९:०१:००

अर्थमन्त्री डा. युवराज खतिवडाले मुलुकको नयाँ लगानीकर्ताका लागि अहिले दोस्रो बजारमा लगानी गर्ने उपयुक्त वातावरण भएको बताएका छन् । ‘अहिले दोस्रो बजारमा लगानी गर्ने उपयुक्त मौका हो,’ उनले भने । बैंकको नाफा वृद्धि भइरहेको छ । वित्तीय प्रणालीको नाफा बढिरहेको छ । आर्थिक वृद्धि भइरहेको छ । राजनीतिक स्थिरता र सुशासनमा सुधार भइरहेको र करको समस्या समाधान गर्ने काम भइरहेका कारण पनि सेयर बजार वृद्धि हुनुपर्ने उनको भनाइ छ । खतिवडाले नयाँ लगानीकर्तालाई दोस्रो बजारमा प्रवेश गर्न आह्वानसमेत गरे ।

 ‘ठूला पूर्वाधारलाई लगानी जुटाउन पुँजी बजारको विकास अनिवार्य’ 
अर्थमन्त्री खतिवडाले ठूला पूर्वाधार आयोजना निर्माणका लागि लगानी जुटाउन पुँजी बजारको विकास अनिवार्य रहेको बताए । कर्मचारी सञ्चयकोषको ५८औँ वार्षिकोत्सव कार्यक्रममा उनले पुँजी बजार विस्तारविना ठूलो लगानी जुटाउन नसकिने बताएका हुन् । ‘पुँजी बजारलाई गति दिनुपर्ने अवस्था सिर्जना भइसकेको छ,’ उनले भने । 

पछिल्लो समय सेयरसँगै बन्डको समेत बजार विकसित भइरहेछ । खतिवडाले पुँजी वृद्धिका लागि लगानी बढाउने वातावरण तयार गर्न वित्तीय क्षेत्रलाई आग्रह गरे । कर्मचारी सञ्चयकोष दीर्घकालीन बचत परिचालन गर्ने सबैभन्दा ठूलो संस्था हो । अहिलेसम्म संस्थाले साढे ३ खर्ब रुपैयाँ व्यवस्थापन गरिरहेको छ । त्यसपछि नागरिक लगानी कोष, सैनिक कल्याणकारी कोष, दूरसञ्चार कोषलगायत आउँछन् । नयाँ कोष स्थापना गर्ने काम पनि भइरहेको छ । 

खतिवडाका अनुसार सबै कोषको रकम एकमुष्ट गर्ने हो भने कुल गार्हस्थ उत्पादनको २० प्रतिशत (झन्डै ७ खर्ब) रुपैयाँ हुन्छ । कोषहरूको रकम पुँजी बजारको विकासमा खर्च हुनुपर्ने उनको भनाइ छ । 

दीर्घकालीन लाभ दिलाउने ठूला पूर्वाधार आयोजनमा लगानी गर्न विभिन्न कोष अनिवार्य रहेकोमा उनको जोड थियो । ‘प्राथमिक सेयर निष्कासनका लागि पनि सशक्त भूमिका रहनुपर्छ,’ उनले भने, ‘नागरिक लगानी कोषलगायतका संस्थाले दोस्रो बजारमा पनि भूमिका खेल्नुपर्छ ।’ 

 ‘दोस्रो  बजारमा लगानी गर्ने उपयुक्त मौका’
अर्थमन्त्री डा. खतिवडाले मुलुकको सेयर बजारमा लगानीकर्ताको विश्वास बढाउनुपर्ने अवस्था आएको बताए । ‘अहिले दोस्रो बजारमा लगानी गर्ने उपयुक्त मौका हो,’ उनले भने । बैंकको नाफा वृद्धि भइरहेको छ । वित्तीय प्रणालीको नाफा बढिरहेको छ । आर्थिक वृद्धि भइरहेको छ । राजनीतिक स्थिरता र सुशासनमा सुधार  भइरहेको र करको समस्या समाधान गर्ने काम भइरहेका कारण पनि सेयर बजार वृद्धि हुनुपर्ने उनको भनाइ छ । खतिवडाले नयाँ लगानीकर्तालाई दोस्रो बजारमा प्रवेश गर्न आह्वानसमेत गरे । 

योगदानमा आधारित निवृत्तीभरणसम्बन्धी एप्स थालनी 
कर्मचारी सञ्चयकोषले योगदानमा आधारित निवृत्तीभरण प्रणाली कार्यान्वयन ल्याउनुका साथै त्यससम्बन्धी एप्स पनि सञ्चालनमा ल्याएको छ । एप्सको मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले उद्घाटान गरे । सेवानिवृत्त भएकालाई कोषविना (सीधै सरकारले उपलब्ध गराउने) नै निवृत्तीभरण दिने यसअघिको व्यवस्थालाई राज्यले भविष्यमा थेग्न नसक्ने भएकाले योगदानमा आधारित प्रणाली कार्यान्वयनमा ल्याइएको बताए । अर्थमन्त्री डा. खतिवडाले २० वर्षदेखि योगदानमा आधारित निवृत्तीभरण ऐन बनाउने प्रयास भए पनि बल्ल सफल भएको उनको भनाइ छ । ‘अब भरपर्दाे, दिगो, विश्वासिलो र राज्यले धान्न सकिने सामाजिक सुरक्षा प्रणालीमा मुलुक प्रवेश गरेको छ,’ उनले भने ।

सञ्चयकोष व्यवस्थापनमा दक्ष बन्न सुझाब 
कर्मचारी सञ्चयकोषले सामाजिक सुरक्षाको पछिल्ला अवधारणा स्वीकार गर्ने परिचालन गर्ने र व्यवस्थापन गर्ने क्षमतालाई विकास गर्दै लैजानुपर्नेमा अर्थमन्त्रीले जोड दिए । ५८ वर्ष पुगेको कोषलाई उनले धेरै उमेर पार गर्न बाँकी रहेको बताउँदै अझ नयाँ प्रविधि र क्षमताको विकास गर्न आग्रह गरे । ‘युवा भएकाले अझै धेरै सिक्न, काम गर्न र नयाँ विषयमा पोख्त हुनुपर्छ,’ उनले भने । कोषको नयाँ भूमिकाका रूपमा सामाजिक सुरक्षा संस्थाका रूपमा यसलाई अघि बढाउने र पेन्सन कोष व्यवस्थापन गर्ने संस्था बनाउने सरकारको तयारी छ । त्यसो गर्दा अहिलेको भूमिका पनि स्वाभाविक रूपमा संस्थामा रहनेछ । राज्यको बचत परिचालन, दीर्घकालीन पुँजी परिचालन, समग्र आर्थिक तथा पूर्वाधार विकासमा सहयोग पु¥याउने अपेक्षा रहेको बताए । संविधानमै सामाजिक सुरक्षाको प्रत्याभूति गरिएको र त्यसैअनुसार  व्यवस्थापन गर्ने प्रक्रिया थालनी भएको उनको भनाइ छ ।

३ खर्ब ३८ अर्ब लगानी 
कोषका प्रशासक तुलसी गौतमले बिमा, जलविद्युत्, बैंकलगायतका संस्थामा ७ अर्ब  रुपैयाँभन्दा बढी सेयर लगानी रहेको जानकरी दिए । ‘कोषले राम्रो प्रतिफल दिने कम्पनीमा लगानी गरिहेको छ,’ उनले भने । त्यस्तै, अहिलेसम्म कोषको कुल लगानी ३ खर्ब ३८ अर्ब रुपैयाँ रहेको छ । सेयरबाहेक माथिल्लो तामाकोसी जलविद्युत् आयोजना, नेपाल वायुसेवा निगम, व्यापारिक भवनलगायत विभिन्न आयोजनामा लगानी छ । कोषमा अहिलेसम्म ६ लाख सञ्चयकर्ता रहेका छन् । त्यस्तै ३० हजार संस्था आबद्ध छन् ।