मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
रासस पर्वत
२०७६ भदौ ३१ मंगलबार १५:४६:००
Read Time : < 1 मिनेट
समाचार

बाढीले ट्याक्सीे बगायो

Read Time : < 1 मिनेट
रासस पर्वत
२०७६ भदौ ३१ मंगलबार १५:४६:००

कुस्मा नगरपालिका–४ अर्मादीको घुम्तीमा रहेको गिलमेरी खोलाले ट्याक्सी बगाएको छ । अविरल वर्षाका कारण आएको बाढीले मंगलबार विहान ध १ ज ६६० नम्बरको ट्याक्सी बगाएको हो । ट्याक्सी बगाए पनि मानविय क्षति भने भएको छैन् । 

बिरामी लिएर मयाग्दीको बेनीबाट पोखरा जान लागेको ट्याक्सी बगाएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख रामबहादुर भट्ट क्षेत्रीले जानकारी दिए । खोलामा भेल आएको देखेपछि चालक हरिबहादुर खड्काले यात्रु झारेर ट्याक्सी मात्र पार गराउने प्रयास गरेका थिए । ट्याक्सी हिरोमा फसेपछि चालक निस्केर किनारमा आएर थिए ।

चालक निस्केको केही बेरमै बाढीले ट्याक्सी बगाएको हो । बाढीले सडकबाट तल पु-याएको ट्याक्सी निकाल्ने प्रयास भइरहेको क्षेत्रीले बताए ।