मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
२०७६ भदौ २९ आइतबार १६:५९:००
Read Time : < 1 मिनेट
समाचार

सुरक्षा निकायलाई भ्रष्टाचार नियन्त्रणमा कठोर बन्न प्रदेश १ का मुख्य मन्त्रीको निर्देशन

Read Time : < 1 मिनेट
२०७६ भदौ २९ आइतबार १६:५९:००

प्रदेश १ का मुख्य मन्त्री शेरधन राईले भ्रष्टाचार अन्त गरेर सुशासन कायम गराउन कठोर बन्न सुरक्षा निकायलाई निर्देशन दिएका छन् । गृह मन्त्रालय र प्रदेश सरकारको आन्तरिक मामिला मन्त्रालययको आइतबार आयोजनामा भएको प्रदेश १ स्तरीय सुरक्षा भेलालाई  सम्बोधन गर्दै उनले भ्रष्टाचार र कुशासन कायम रहे जनताले शान्ति सुरक्षा नपाउने बताए ।

‘यो प्रदेशलाई नमुना बनाउन सुशासन कायम गराउनै पर्छ,’ उनले भने, ‘त्यसको लागि कठोर बन्न आवश्यक छ ।’ उनले भ्रष्टाचार भएको सूचना पाएमा एक घण्टाभित्र कारवाही गरेर देखाउने प्रतिवद्धता जनाए ।

उनले प्रमुख जिल्ला अधिकारीहरुलाई संघीय सरकारको प्रतिनिधि ठान्ने संकिर्ण मानसिकता त्याग्न आग्रह गरे । संघ, प्रदेश र स्थानीय तहको सहकार्य भएमात्र समाजका सबैखाले अपराध नियन्त्रण हुने उनले बताए । प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीले लागू औषधको बेचबिखन, मानव ओसारसारलगायत घटनामा सुरक्षा चुनौती रहेको बताए । प्रदेशका १४ जिल्लाकै प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी, शसस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धानका प्रमुख र प्रदेशका विभागिय प्रमुख सहभागी थिए ।