मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका इलाम
२०७६ भदौ २९ आइतबार १५:४२:००
Read Time : < 1 मिनेट
समाचार

विप्लवका इलाम जिल्ला सेक्रेटरीद्वारा पार्टी परित्याग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका इलाम
२०७६ भदौ २९ आइतबार १५:४२:००

नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा माओवादीका तत्कालीन इलाम जिल्ला सेक्रेटरी दीपेन राईले पार्टी परित्याग गरेका छन् । उनले पार्टी परित्याग गरी सत्तारुढ नेकपामा प्रवेश गरेको घोषणा गरेका छन् । 

विज्ञप्ति जारी गर्दै राईले विप्लव नेतृत्वको पार्टी परित्याग गरेको र नेकपामा प्रवेश गरेको घोषणा गरेका हुन् । उनलाई गत चैत २० गते झापाको विर्तामोडबाट प्रहरीले पक्राउ गरेको थियो । उनी अहिले इलाम स्थित कारागारमा छन् । जिल्ला अदालत इलामले उनलाई एक लाख ५५ हजार रुपैयाँ धरौटी माग छ । धरौटी बुझाउने प्रक्रियामा रहेको उनका बाबु हेमप्रसाद राईले जानकारी दिए ।

राईले इलाम कारागारबाटै विज्ञप्ति जारी गरी विप्लव नेतृत्वको नेकपा माओवादीले लिएको नीतिप्रति असहमति जनाउँदै साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट अलगत भएको घोषणा गरेका हुन् ।