Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७६ भदौ २९ आइतबार १५:२५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

प्रहरीमाथि हातपात गर्ने एक महिलासहित पाँच जना पक्राउ

Read Time : < 1 मिनेट
२०७६ भदौ २९ आइतबार १५:२५:००

बाजुराको सदरमुकाम मार्तडीमा रहेको बडिमालिका नगरपालिका ८ मा लागेको अनन्ते मेलामा मदिरा सेवान गरी प्रहरीमाथि हातपात गर्ने पाँच जना पक्राउ परेका छन् । 

मेलाको सुरक्षामा खटीएका प्रहरी माथि पाँच जनाले हातपात गरी घाइतेसमेत बनाएको जिल्ला प्रहरी कार्यलय बाजुराका निमित्त कार्यलय प्रमुख तथा प्रहरी निरीक्षक जनक ढुंगानाले जनकारी दिए । 

उनीहलाई नियन्त्रणमा लिन खोज्दा प्रहरी टोली प्रमुख प्रहरी सहायक निरीक्षक मानबहादुर चन्दको अनुहार र शरिरमा चोट लागेको छ । उनको अनुहारको हड्डी चर्केकोले जिल्ला अस्पतालमा उपचार सम्भव नभएकोले अन्य अस्पताल रेफर गरिएको जिल्ला अस्पताल बाजुराका डा. टिकाराम राईले बताए ।

शनिबार साँझ मदिर सेवन गरी मेला बिथोल्ने उदेश्यले होहल्ला गरेका राष्ट्रिय वाणिज्य बैकमा कार्यरत अमृत्त बोहरा, केशब गिरी र सरकारी वकिल कार्यलयका कार्यलय सहयोगी हरिशंकर जोशी रहेका छन् ।

त्यस्तै बडिमालिका नगरपालिमा कार्यरत प्राबिधिक गोरख थापा र मेरिस्टोप सेन्टर नामक गैर सरकारी संस्थामा कार्यरत अनमी धनी थापालाई प्रहरीले नियन्त्रणमा लगेको ढुंगानाले बताए ।

पक्राउ परेका पाँच जनामा माथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

मेलालाई शान्त बनाउन जिल्लाका सरोकारवाला व्यक्तिहरुको बैठकले २७ भदौदेखि तीन दिनसम्म मदिरा बेच्न नपाइने निर्णय गरेको थियो ।