१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौँ
२०७६ भदौ २८ शनिबार १८:२३:००
Read Time : < 1 मिनेट
सप्तरंग

प्रीति पौडेल बनिन् मिस ग्रान्ड नेपाल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौँ
२०७६ भदौ २८ शनिबार १८:२३:००

मिस ग्रान्ड नेपाल–२०१९ को उपाधि दमककी प्रीति पौडेलले जितेकी छिन् । मिस पूर्वाञ्चल मोडल आइकनको उपाधि जितेर मिस ग्रान्ड नेपालमा सहभागी बनेकी प्रीतिलाई मिस टुरिजम नेपाल २०१८ की विजेता आस्था साखःले ताज पहि-याइदिएकी थिइन् । मिस ट्यालेन्ट र मिस फोटोजेनिकको अवार्ड पनि हात पारेकी उनले यही अक्टोबरमा भेनेजुएलामा हुने मिस ग्रान्ड इन्टरनेसनल–२०१९ मा सहभागिता जनाउने छिन् । 

आरके इन्टरटेनमेन्टले शनिबार कमलवादीस्थित रसियन कल्चरल सेन्टरको हलमा आयोजना गरेको प्रतिस्पर्धामा १३ सुन्दरी प्रतिस्पर्धामा थिए । कार्यक्रममा मुख्य उपाधिसहित चार शीर्ष विजेता घोषणा गरिएको थियो । प्रतिस्पर्धामा मिस ग्रान्ड स्क्युवा नेपाल श्रद्धा सिलवाल, मिस ग्रान्ड ल्यान्डस्केप अस्मिता ढुंगाना र मिस ग्रान्ड मल्टिनेसनल नेपाल आशा कार्की भए । मिस ग्रान्ड मल्टिनेसनल नेपाल र मिस ग्रान्ड स्क्युवा नेपालका विजेता मलेसिया र मिस ग्रान्ड स्क्युवा नेपाल विजेता चीनमा हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने छन् । 

प्रतियोगितामा बेस्ट पर्सनालिटी, मल्टिमिडिया र कल्चर कस्टम्सको उपाधि श्रद्धा सिलवाल, बेस्ट फिगर विमला निरौला, बेस्ट वाक पुजा सिंह राजवंशी, रिपोर्ट–राइटिङ आशा कार्कीले पाए ।