१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ भदौ २७ शुक्रबार १९:३८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

गुन्डागर्दीमा संलग्नलाई प्रहरीको गोली 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ भदौ २७ शुक्रबार १९:३८:००

व्यवसायीलाई धम्काएर पैसा माग्ने गरेको आरोप लागेका धादिङका साजन गुरुङमाथि प्रहरीले गोली चलाएको छ । काठमाडौंको गोलढुंगामा पक्राउ गर्न खोज्ने क्रममा प्रहरीमाथि नै पेस्तोल देखाएपछि खुट्टामा गोली हानिएको प्रहरीले जनाएको छ । 

महानगरीय अपराध महाशाखाको टोलीले गोली हानेर उनलाई पक्राउ गरेको हो । उनी जेल बसेर छुटेको र अहिले पनि गुन्डागर्दीमा संलग्न रहेको महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले बताए । उनले निर्माण व्यवसायी तथा वालुवा-गिटी व्यवसायीलाई पेस्तोल देखाएर धम्काउने गरेको उजुरी परेको थियो । 

उनको साथबाट पेस्तोल प्रहरीले बरामद गरेको छ । उनी शरद गौचन हत्या घटनाका प्रमुख अभियुक्त समिरमानसिंह बस्नेतको गिरोहमा आबद्ध रहेको प्रहरी भनाइ छ । उनका सहयोगी कार्जन गुरुङ पनि पक्राउ परेका छन् ।