मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ भदौ २७ शुक्रबार १०:१६:००
Read Time : < 1 मिनेट
प्रदेश

उपभोग्य वस्तु सस्तो र गुणस्तरीय बनाउन प्रदेश ५ सरकारको चासो

Read Time : < 1 मिनेट
२०७६ भदौ २७ शुक्रबार १०:१६:००

चाडपर्वको समयमा उपभोक्ताहरूलाई सहज रूपमा उपभोग्य वस्तु प्राप्त गर्नेदेखि सबै क्षेत्रमा सहजता कायम गर्न प्रदेश ५ सरकारले चासो दिएको छ । प्रदेश सरकारले दैनिक उपभोग्य वस्तु सहज र सुलभ रूपमा उपलब्ध गराउनेतर्फ पनि सरोकारवालाहरूको ध्यानाकर्षण गराएको छ । 

उपभोग्य वस्तुहरूको सामानको गुणस्तरीयतामा पनि विशेष जोड दिएको छ ।  जनताले दैनिक उपभोग्य वस्तुमा गुणस्तरीयता र सुपथ मूल्य कायम राख्न प्रदेश ५ सरकारले जोड दिएको छ । बिहीबार सरोकारवाला पक्षसँग भएकोे छलफलमा प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लिला गिरीले चाडपर्वका वेला जनताले उपभोग गर्ने दैनिक खाद्यवस्तुहरूमा नियमन गर्ने निकायलाई गुणस्तर मापन गर्नेतर्फ ध्यान पुर्‍याउन निर्देशन दिए ।

उनले जनताहरू ठगिन नपरोस्, गुणस्तरीय सामग्री सहज उपलब्ध होस् र सुलभ मूल्यमा प्रदेशका सबै जिल्लाहरूमा पाउने व्यवस्था मिलाउन र विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि चाडपर्वका समयमा सरकारी निकाय तथा निजी क्षेत्रका व्यावसायिक संस्थाहरूले प्रदेश ५ भरि नै सस्तो बजारको व्यवस्था गर्न पनि निर्देशन दिए ।

चाडपर्व लक्षित सुपथ पसलहरू यस वर्ष पनि सञ्चालन गर्न प्राथमिकता दिएको छ । सबै जिल्लाहरूमा जिल्ला समन्वय समितिमार्फत सबै स्थानीय तहहरूलाई अनुरोध गर्ने मन्त्रालयले जनाएको छ । यस्तै, साल्ट ट्रेडिङ, दूग्ध विकास संस्थान र नेपाल खाद्य संस्थानलगायतका संस्थाहरूलाई आफ्ना बिक्री केन्द्रहरूबाट र सुपथ मूल्य पसलबाट छुट मूल्यमा आपूर्तिको व्यवस्था मिलाउनेसमेत निर्णय भएको छ ।