मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ भदौ २६ बिहीबार १०:१९:००
Read Time : < 1 मिनेट
समाचार

सन्धिखर्क नगरपालिका क्षेत्रमा खोलाकाे दोहन बढ्यो

Read Time : < 1 मिनेट
२०७६ भदौ २६ बिहीबार १०:१९:००

अनियमित रूपमा खोलाको दोहन हुँदा  स्थानीय तहका जनप्रतिनिधि मुकदर्शक, गिट्टी बालुवा उत्खननमा जनप्रतिनिधिकै संलग्नताको आशंका

सन्धिखर्क नगरपालिका क्षेत्रका खोलामा अनियमित ढंगले गिट्टी, बालुवा उत्खनन् भइरहेको छ । वर्षातकाे वेला खोला र नदी उत्खनन् गर्न नपाइने भए पनि सन्धिखर्क नगरपालिकामा भने निरन्तर खाेला दोहन चलिरहेको छ । 

अनियमित रूपमा खोलाको दोहन हुँदा पनि स्थानीय तहका जनप्रतिनिधि भने मुकदर्शक बनेका छन् । गिट्टी बालुवा उत्खननमा जनप्रतिनिधिकै संलग्नताको आशंका स्थानीयले गरेका छन् ।

स्थानीय बाँगी खोलामा ठेकेदारले स्याउला, बाँसले खोला थुनेर  बालुवा जम्मा गर्ने गरेका छन् । स्थानीय श्रमिकलाई बालुवा संकलन गर्न लगाएबापत एक ट्याक्टर बालुवाको १२ देखि १५ सय रुपैयाँ दिने गरिएको छ । सन्धिखर्क नगरपालिकाका शाखा अधिकृत गोविन्द केसीले खाेला दोहन भएको विषयमा जानकारी नभएको दाबी गरे । उनले खाेलाको दोहन रोक्न प्रहरीलाई आग्रह गरिने बताए ।

अर्घाखाँचीका सहायक प्रमुख जिल्ला अधिकारी विष्णुराज बेलबासेले अनियमितरूपमा खाेला दोहन रोक्न स्थानीय तह नै सक्रिय हुनुपर्ने बताए । उनले सन्धिखर्क नगरपालिकालाई खाेला दोहन रोक्न निर्देशन गरिएको बताए ।