१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ भदौ २६ बिहीबार ०९:५०:००
Read Time : < 1 मिनेट
विश्व

रूखमा विज्ञापन गर्दा कारबाही

Read Time : < 1 मिनेट
२०७६ भदौ २६ बिहीबार ०९:५०:००

चेन्नई कर्पोरेसनले सडकका रूख सुरक्षित बनाउन नयाँ नियम ल्याएको छ । विज्ञापन राखिँदा रूखको मौलिकता हराउनुका साथै सहर कुरूप हुने जनाउँदै चेन्नईले बिहीबारदेखि नै लागू हुने गरी नयाँ नियम सार्वजनिक गरेको हो । अब चेन्नईको सडकमा रहेका रूखमा कुनै पनि कम्पनीले आफ्नो प्रवद्र्धनका लागि होडिङ बोर्ड राख्दा २५ हजार भारु जरिवानाका साथै तीन वर्षसम्म कैद हुनेछ । 

 १० दिनको समय
चेन्नईले दश दिनभित्र सबै कम्पनीलाई रूखमा रहेका विज्ञापन बोर्ड हटाउन निर्देशन दिएको छ । प्रशासनले दिएको समयभित्र बोर्ड नहटाए कारबाहीको भागीदार हुनुपर्ने जनाएको छ । यसैगरी रूखमा किला ठोक्ने क्रियाकलाप नगर्न भनिएको छ । रूखका किला ठोक्दा यसको उमेर कम हुने विश्वास छ । 

 वनस्पति विभागको सुझाब
धेरै अगाडिदेखि भारतको वनस्पति विज्ञान विभागले रूखमा किला ठोक्न नहुने र बिजुली जडानजस्ता कार्यले यसको आयु घट्ने प्रतिवेदन बुझाएको थियो । विभागले यस्तो काम तत्कालै निरुत्साहित गर्नुपर्ने बताएको थियो । तर, यसतर्फ खासै ध्यान प्रशासनको गएन । पछिल्लो साता चेन्नई कर्पोरेटले एक सर्वेक्षण गरेको थियो । विज्ञापन र किल्ला भएका रूख अन्य रूखका तुलनामा कमजोर देखिए । 

 फ्री रूख अभियान
भारतका विभिन्न सहरमा ‘फ्री ट्री’ (खुला रूख) अभियान सुरु भएको छ । सहरलाई हरियाली बनाउन नयाँ रूख रोप्ने र संरक्षण गर्ने यस्तो अभियान सुरु भएको हो । धेरैजसो संस्थानले यस्तो अभियान सञ्चालन गर्दै बोट–बिरुवामा राखिएका होडिङ बोर्ड हटाएका छन् ।