मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका
२०७६ भदौ २६ बिहीबार ०९:२९:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली

यी हुन् हाइकिङका फाइदा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२०७६ भदौ २६ बिहीबार ०९:२९:००
समीर बेकिक, फिटनेस प्रशिक्षक

तपाईंलाई कसैले हाइकिङ जाने प्रस्ताव राख्दा धन्यवाद भनेर पन्छिने होइन, सँगसँगै हिँड्ने कोसिस गर्नुस् । जीवनका लागि यो निकै महत्वपूर्ण छ । हाइकिङका धेरै शारीरिक तथा मानसिक फाइदा छन् । 

  •  तपाईंको हिँड्ने शैली र हाइकिङका दौरान बोक्ने ब्यागको वजनका आधारमा तपाईंको शरीरको क्यालोरी बर्न हुन्छ । १ घन्टा ट्रेकिङमा जाँदा ५ सय क्यालोरी बर्न हुन सक्छ । दौडँदा जोर्नीमा जति प्रभाव पर्छ, हिँड्दा त्यसको तुलनामा कम प्रभाव पर्छ । त्यसैले कुद्नुभन्दा हिँड्नु तपाईंका लागि सहज हुन सक्छ । तपाईं जति उकालो हिँड्नुहुन्छ, उति नै तौल घट्छ । लेकको चिसो मौसमले पनि तौल कम गर्न साथ दिन्छ । 
  •  नियमित हिँडाइले तपाईंलाई फिट त बनाउनेछ नै, तपाईंको शरीरका सबै अंगले कसरत गर्ने अवसर पाउनेछन् । निरन्तर हिँड्ने क्रममा तपाईंले आफ्नै शरीरको क्षमतालाई चुनौती दिइरहनुहुनेछ । 
  •  तपाईंमा डायबिटिजको समस्या छ भने हाइकिङ राम्रो समाधान हुन सक्छ । नियमित हाइकिङले तपाईंको रगतमा रहेको सुगरको मात्रालाई कम गर्छ । तपाईंको मांसपेशीको कसरत हुन्छ । जसले गर्दा तपाईंको रक्तसञ्चार प्रणालीमा रहेको ग्लुकोज ऊर्जा बनेर निस्कन्छ । 
  •  नियमित हाइकिङ गर्दा ब्लडप्रेसर तथा कोलेस्ट्रोल कम हुँदै जान्छ । जसका कारण हृदयाघात, डायबिटिज र स्ट्रोकको उच्च जोखिम कम हुँदै जान्छ । ओरालो झर्दा रगतमा रहेको सुगरको मात्रा कम हुन्छ, ग्लुकोज टोलरेन्समा सुधार हुन्छ । 
  •  कार्डियोभास्कुलर स्वास्थ्यका लागि यो महत्वपूर्ण हुने नै भयो । यसले क्यान्सरका बिरामीलाई पनि रिकभर हुन सहयोग गर्छ । इन्टरनेसनल जर्नल अफ स्पोर्टस् मेडिसिनमा प्रकाशित एक अध्ययन प्रतिवेदनका अनुसार घामको विकिरण तथा विभिन्न कारणले गर्दा शरीरमा देखिने केमिकल रियाक्सनलाई नियमित हाइकिङले कम गर्छ । रोगप्रतिरोधात्मक क्षमता वृद्धि गर्छ । 
  •  हाइकिङ आफैँमा एउटा थेरापी पनि हो । निराशा, तनाव तथा डिप्रेसनलाई यसले कम गर्छ । डिप्रेसनको सिकार भइरहेकाहरूले पनि सक्रिय जीवनशैली बाँच्नका लागि हाइकिङ गरेर प्रेरणा लिन सक्छन् । नियमित हाइकिङ गर्दाको आनन्द बेग्लै हुन्छ । 
  •   प्रविधिको उच्च प्रयोग भइरहेको भीडभाडयुक्त समाजबाट टाढा बसेर प्रकृतिसँग रमाउने अवसर हाइकिङले दिन्छ । नजिकबाट प्रकृतिको सुन्दरता अवलोकन गर्दा मानिसको दिमागमा शान्ति र सकारात्मक काम गर्ने ऊर्जा मिल्छ । सिर्जनशील बनाउँछ ।