ललितपुर प्रहरीलाई सिटिजन्स्द्वारा  मोटरसाइकल सहयोग

२०७६ भदौ २६ बिहीबार ०९:३३:००

सिटिजन्स् बैंकले महानगरीय प्रहरी परिसर ललितपुरलाई मोटरसाइकल सहयोग गरेको छ । महानगरीय प्रहरी परिसर ललितपुरमा आयोजित एक कार्यक्रमबीच बैंकले समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत मोटरसाइकल प्रदान गरेको हो । 

नेपाल प्रहरीका अधिकृत तथा जवानलाई अझ थप हौसला प्रदान गर्ने उद्देश्यले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले यामाहा एफजेड मोटरसाइकल हस्तान्तरण गरेको हो । संस्थागत सामाजिक उतरदायित्वअन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिकजस्ता क्षेत्रमा सहयोग गर्दै आएको बैंकले जनाएको छ ।