मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ भदौ २६ बिहीबार ०९:१८:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली

सुन्दरता फर्काउन बोसो प्रत्यारोपण

Read Time : > 1 मिनेट
२०७६ भदौ २६ बिहीबार ०९:१८:००

बढ्दो उमेरसँगै अनुहारमा चाउरी पर्दै जान्छ । तन्नेरी उमेरमा कसिलो र टुमुक्क परेको अनुहार बिस्तारै पातलो र खुकुलो हुँदै लत्रिन्छ । उमेरमा उल्टो त्रिकोण आकारको देखिने अनुहारको बनोट बुढेसकालमा गएर सुल्टो त्रिकोण आकारको देखिन्छ । 

छालाले कोल्याजन, तेल र पसिना बनाउन कम हुँदै जान्छ । तन्नेरी अवस्थामा महिनैपिच्छे छालाले काँचुली फेर्ने गर्छ । तर, उमेर ढलेपछि काँचुली फेर्ने क्रम पनि सुस्ताउँछ । अनि पत्रमाथि पत्र बसेर सुक्खा छालाको सतह बन्छ, जसले गर्दा अनुहार खस्रो, फुस्रो र चमकहीन देखिन्छ । त्यसैगरी छालामुनिको बोसोको सतह पनि घट्छ । यो बोसोको सतह घटनाले अनुहारको छाला खुकुलो र लत्रिँदै जान्छ । आँखामुनि, कन्चट, निधारजस्ता भागमा यो परिवर्तन धेरै देखिन्छ । 

सुधार्ने उपाय

  •  छालामा चमक ल्याउन क्रिम, मोइस्चराइजर, रेतिनोल, भिटामिन सी, भिटामिन एजस्ता क्रिम बजारमा उपलब्ध छन् । तर, छाला नै खुकुलो हुने र झोलिने क्रमका लागि क्रिमले मात्र पुग्दैन । यस्तो, समस्यालाई कस्मेटिक सर्जरी र छालारोग विशेषज्ञले समाधान गर्न सक्छन् । 
  •  बोसोको सतह नै सुकेर छाला झोलिएको मान्छेमा शरीरको अन्य भागबाट बोसो झिकेर अनुहारमा राख्न पनि मिल्छ । यही प्रक्रियालाई बोसो प्रत्यारोपण वा फ्याट ग्राफ्ट भनिन्छ । यो साधारण उपचार हो, जसमा चिरफार र टाँका चाहिँदैन । सानो सुइबाट बोसो झिकेर सुइले नै अनुहारमा राखिन्छ । यसमा अनुहारमा दाग वा खत हुँदैन । 
  •  नेपालमा बोसो प्रत्यारोपण सुरु भएको दुई वर्ष भयो । चाउरीपना हटाएर जवान देखाउन बोसोको धेरै सफल उपचार हुन्छ । चाउरीपना हटाउन, दाग र खत पुर्न, दुर्घटनामा बसेको खत भर्न, पोलेको घाउमा, छालाको मोर्फियाजस्ता रोगले सुकेको भाग पुर्न, स्तन बढाउन इत्यादि विभिन्न उपचारमा बोसो राख्न मिल्छ । यसरी राखेको बोसो लामो अवधिसम्म रहन्छ, त्यसैले यसलाई स्थायी उपचार विधि मान्न सकिन्छ ।

यसरी गरिन्छ प्रत्यारोपण

  •  सबैभन्दा पहिले शरीरमा अधिक वा अनावश्यक बोसो जम्मा हुने पेट, तिघ्राजस्ता अंगबाट बोसो निकालिन्छ । दोस्रो चरणमा उक्त बोसोलाई वैज्ञानिक प्रविधिबाट शुद्धीकरण गरिन्छ र प्रत्यारोपण गर्नुपर्ने भागमा राखिन्छ । क्रिम र औषधिको प्रयोगबाट यस प्रक्रियालाई दुखाइरहित बनाइन्छ । अनावश्यक बोसो झिक्ने र शारीरिक आवश्यकता भएको भागमा राख्ने यस प्रविधिको दोहोरो फाइदा छ ।

यस्तो अवस्थामा प्रत्यारोपण ?

  •  अनुहारको चाउरीपना र खुकुलोपनामा
  •  आँखामुनिको डार्क सर्कलमा
  •  गहिरो खत र जलेर बसेको खतमा
  •  गाला, नाकको रेखी, ओठको भागमा
  •  स्तनको आकार बढाउन