मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ भदौ २६ बिहीबार ०६:०४:००
Read Time : < 1 मिनेट
अर्थ

साओमीकोे  एमआई ए–३ बजारमा

Read Time : < 1 मिनेट
२०७६ भदौ २६ बिहीबार ०६:०४:००

साओमीले नेपालले एन्ड्रोइड वान–पावर्ड फोन सिरिजमा उत्कृष्ट रिजोलुसन क्यामेरा सेटअपसहितको नयाँ स्मार्टफोन एमआई ए–३ नेपाली बजारमा ल्याएको छ । यो फोनको सुरुवाती मूल्य २३ हजार ९ सय ९९ रुपैयाँ रहेको कम्पनीले जनाएको छ । 

फोनमा क्वालकम स्न्यापड्रेगन ६६५ चिपसेट, एमोल्ड सुपर डिस्प्ले, ४०३० एमएएच ब्याट्री, ४८ एमपी ट्रिपल क्यामेरा र इन–स्क्रिन फिंगर प्रिन्ट स्क्यानरलगायत सुविधा उपलब्ध छ । गुगल एन्ड्रोइड वान प्रोजेक्टद्वारा सञ्चालित फोनमा एन्ड्रोइड ९ पाई अपरेटिङ सिस्टिम रहेको छ ।

फ्ल्यागसिप–लेबल ४८ एमपी एआई ट्रिपल क्यामेरा सेटअप एन्ड्रोइड वानबाट सञ्चालित एमई ए सिरिज उपकरणले स्टिलर क्यामेराको अनुभव प्रदान गर्ने साओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले बताए ।

मोबाइलमा सोनीको ४८ एमपी आइएमएक्स ५८६ सेन्सर, ८ एमपी अल्ट्रावाइड र २ एमपी डेप्थ सेन्सरलगायत विशेषता रहेको छ । मोबाइल काइन्ड अफ ग्रे, नट जस्ट ब्लु र मोर देन ह्वाइट कलरमा उपलब्ध छ । कम्पनीका अनुसार फोन ४ जिबी प्लस ६४ जिबी भेरियन्टको २३ हजार ९९९ रुपैयाँ र ६ जिबी प्लस १२८ जिबी भेरियन्टको २७ हजार ९९९ रुपैयाँमा दराज डटकम र सस्तो डिलमार्फत किन्न सकिनेछ ।